काठमाडौं । काठमाडौं महानगरपालिका ९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन् । युवतीको हत्या भएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रकिया अगाडी बढाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधबार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी गत १६ पुसमा सो होटलमा बस्न पुगेकी थिइन् ।
हाल उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन् ।




