सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ चपराडाँडामा आफ्नै छोरा ४९ वर्षीय लिला बहादुर पुर्कोटी सार्की (माइला) को हत्या गरेको आरोपमा ७६ वर्षीय डोमान सिंह सार्कीलाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।
घरायसी विवादका क्रममा डोमान सिंहले गल प्रहार गर्दा लिला बहादुर गम्भीर घाइते भएको घटना बारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घाइते लिला बहादुरलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




