रूपन्देही । बुटवल उपमहानगरपालिका ९ स्थित तिनाउ खोलामा बुधबार २५ वर्षीय राम प्रसाद पन्थ मृत अवस्थामा फेला परेका छन् । मृतक गुल्मी निवासी पन्थ सोही क्षेत्रको सुपादेउराली होटलमा काम गर्दै आएका थिए ।
घटना बारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र शवलाई पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।




