कपिलवस्तु । मायादेवी गाउँपालिका ६ बाट स्रोत नखुलेको नगद १५ लाख ७० हजार रूपैयाँसहित सोही गाउँपालिका ७ हर्नामपुर बस्ने ३० वर्षीय निरज कुमार मिश्रलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले साइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




