रूकुम पूर्व । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ फुलबाङस्थित जंगलको झाडीमा वेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक फेला परेको छ ।
मंगलबार बिहान प्रहरी चौकी हुकामबाट खटिएको टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । प्रहरीले बन्दुक फेला परेको स्थानलाई अनुसन्धानको दायरामा राखेको छ र यस विषयमा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।
वेवारिसे अवस्थामा बन्दुक फेला परेपछि स्थानीयहरूबीच चासोको विषय बनेको छ । बन्दुक कसको हो र किन त्यहाँ छाडिएको हो भन्ने बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




