गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका ४ गैरा गाउँमा करेन्ट लागेर ७० वर्षीय खुन्ते सार्कीको मृत्यु भएको छ । बिहीबार बेलुकी सोही गाउँपालिका ४ आहाले पानीस्थित बारीमा रूख काट्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
रूखको हाँगा विद्युत प्रवाह भएको तारमा छोएपछि उनलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको स्थानीयहरूले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ ।






