रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ नयाँमिल निवासी नविन कँडेलकी १ वर्षीया छोरी नब्भा कँडेलको आफ्नै घरको बाथरूममा रहेको बाल्टीनको पानीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी उनलाई तत्काल उपचारका लागि क्रिमसन अस्पताल, मणिग्राम लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




