रूपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका १२ आमा गाउँमा विद्युत सर्ट भएर मंगलबार राति आगलागी भएको छ । आगलागीका कारण करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुदामा चाईको गोठमा भएको आगलागीले स्थानीय बासिन्दामा त्रास फैलाएको थियो । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिन सफल भएको छ ।
प्रहरीले आगलागीको कारण र यसका थप विवरणको अनुसन्धान सुरु गरेको छ । यस दुर्घटनामा कुनै जनहानि भने नभएको बताइएको छ ।




