काठमाडाैं । सुनकाे मूल्यमा आज वृद्धि भएको छ । बुधबार ८८ हजार ८ सयमा काराेबार भएकाे छापावाल सुनकाे मूल्य बिहीबार ६ सयले बढेर ८९ हजार ४०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज तेजाबी सुनकाे मूल्य ८८ हजार ९५० ताेकिएकाे छ ।
यस्तै चाँदीकाे मूल्य भने स्थिर छ । चाँदी १ हजार १९० मा काराेबार भइरहेकाे छ ।






