मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा सवारी साधनमा धन खर्च गर्नुपर्ला । नयाँ अनुबन्धहरुबाट सोचेजस्तो लाभ लिन नसकिएला । साताको मध्यमा धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ । साताको अन्तिममा सेवामूलक कार्यबाट प्रतिष्ठा पाइएला । पिताको सहयोगले अड्केको कार्य बन्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा दाम्पत्य जीवन सुमधुर रहनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । वैदेशिक भ्रमणको सुअवसर मिल्ला । साताको अन्तिममा प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । आयपक्ष सबल रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भ प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला । साताको मध्यमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । प्रेम सम्बन्ध कसिनेछ । साताको अन्तिममा कार्य क्षेत्रम कार्य दोहोराएर गर्नुपर्ला । प्रशासनिक वा राजकीय कार्यमा बाधा आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा शैक्षिक क्षेत्र फराकिलो बन्नेछ । कार्य क्षेत्रमा समयमा कार्यसम्पादन गर्नमा सफल भइनेछ । साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ । साताको अन्तिममा व्यापार व्यवसायमा अनुभवले गर्दा नयाँ कार्यहात लाग्नेछ । जीवनसाथीबाट उपहार पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा नयाँ सम्पर्क वा सल्लाह लाभदायी रहनेछ । साताको मध्यमा संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। अवसर पाउनको लागि केही त्याग गर्नुपर्ला । साताको अन्तिममा पुरानो मित्रहरूसँग भेटघाट हुनेछ । अरुलाई सल्लाह दिनदेखि बच्नुहोस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । आफन्तहरूबाट नसोचेको सहयोग पाइएला । साताको मध्यमा अशुभ समाचार सुन्नाले मन खिन्न रहन सक्छ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ । जीवनसाथीसँग वैचारिक मतभेद सुल्झाउन सक्नुहुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन् । कार्य क्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला । साताको मध्यमा गृहणीहरूले गृहकार्य गर्दा हात हतियारको उपयोग सावधानीपूर्वक गर्नुहोस् । अप्रिय समाचारले मन खिन्न रहन सक्छ धैर्य बनाएर राख्नुहोस् । साताको अन्तिममा पायक स्थानमा भ्रमणका योग छन् । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । सामाजिक परिपेक्षमा नयाँ दायित्व मिल्नेछ । साताको मध्यमा कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारीफ हुनेछ । विद्यार्थीहरूको अध्ययन अध्यापन मन लाग्नेछ । साताको अन्तिममा रमाइलो जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । व्यापार व्यवसायमा लाभ रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा व्यापार व्यवसायमा लाभ रहनेछ । कार्य क्षेत्रमा प्रभाव बढ्नेछ । साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । आलस्यले गर्दा हातमा आएको काम गुमाउनु पर्ला, सचेत रहनुहोस् । साताको अन्तिममा नयाँ कार्यप्रति चासो र उत्साह बढ्नेछ । इच्छा शक्तिले लक्ष्यमा पुग्न सकिनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा कार्यक्षेत्रमा योजना बनाएर कार्य गर्नुहोस्, सफलता मिल्नेछ । गरेको कामको जस मिल्नेछ । साताको मध्यमा सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विद्यार्थी वर्गहरूले आलस्य गर्दा राम्रो समय गुमाउनु पर्ला । साताको अन्तिममा परिवारमा पारिवारिक कलहले मन अशान्त रहन सक्छ । विद्यार्थी वर्गहरूलाई प्रतियोगी परीक्षामा असफलता मिल्न सक्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा आर्थिक लाभ रहनेछ । शेयर बजार वा ठेक्कापट्टाबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । व्यापार व्यवसायमा नयाँ अनुबन्धहरू हुनेछन् । साताको मध्यमा परिवारसंग मनोरंजनात्मक समय बित्नेछ । संदेहास्पद मामलाहरूमा स्वविवेकको प्रयोग गर्नुहोला । साताको अन्तिममा कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । राजकीय मामलाहरू सुल्झिनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा मन उत्साहले परिपूर्ण रहनेछ । कार्य क्षेत्रमा सहयोगीहरूको सहयोगले अप्ठ्यारा काम पनि शीघ्रै सम्पादन हुनेछन् । साताको मध्यमा उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बन्नेछन् । व्यापार व्यवसायमा आयका स्रोतहरू बढ्नेछन् । साताको अन्त्यमा कृषि वा पशुपालनबाट मनग्य लाभ मिल्नेछ ।




