काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ ।
कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन रहेको छ । देवी विसर्जनको शुभसाइत बिहान ८:४९ बजे रहेको छ । टीका लगाउने शुभसाइत बिहान १०:२६ बजे रहेको छ । टीका लगाउँदा पश्चिम मोहडा फर्किनुपर्ने र टीका लगाइमाग्ने व्यक्ति पनि पश्चिम फर्किनुपर्ने जनाइएको छ ।
सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०:५१ बजे रहेको छ । स्थिरासनको शुभसाइत दिवा ११:५२ बजे तथा खड्गयात्रा पनि सोही दिन हुनेछ । कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा हुनेछ ।





