मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा अभिभावक वा उच्च अधिकारीहरूबाट सहयोग पाइनेछ । सद् विचारले प्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ । साताको मध्यमा अति महत्वकाङ्क्षाले समस्या निम्त्याउनेछ । कार्य बिग्रिनेको डरले मनमा अज्ञात भय रहनेछ । साताको अन्तिममा प्रयत्न गर्दा अप्ठ्यारो ठानेको काम पनि सजिलै सम्पादन हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा तारिफ योग्य कार्य सम्पादन हुनाले थप अवसर प्राप्त हुनेछ । परिश्रम गर्नेहरूलाई नयाँ मार्ग प्रशस्त हुनेछ । साताको मध्यमा साने प्रयत्नले जीवनशैलीमा सुधार आउनेछ । विवादित समस्याहरू सुल्झिनेछन् । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । कार्य क्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा शुभचिन्तकहरुको सहयोगले परिस्थिती अनुकूल बन्नेछ । परिश्रम गर्दा व्यापार व्यवसायमा लाभ रहनेछ । साताको मध्यमा प्रतिद्वन्दीहरू हार खानेछन् । सामाजिक क्षेत्रमा पद प्रतिष्ठामा वृद्धि हुनेछ । साताको अन्त्यमा बहुमुल्य वस्तु संग्रह गर्ने योग छ। आफूभन्दा ठूलाबाट सहयोग पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा धैर्यताको साथ समस्याको समाधान गर्दा सफलता मिल्नेछ । अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । साताको मध्यमा धर्म कर्म प्रति मन लाग्नेछ । नसोचेको कार्य बन्नाले मनमा उत्साह जाग्नेछ । साताको अन्तिममा कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ । आर्थिक कारोबार सुदृढ रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा साझेदारी व्यापारमा असमझदारी बढ्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । विदेशबाट कुनै शुभ सूचना मिल्नेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । साताको अन्तिममा घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा रोकिएका कामले गति लिनेछ । परीक्षामा सफल भइनेछ । साताको मध्यमा जीवन साथीको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् । साताको अन्त्यमा सेवामूलक कार्यबाट प्रतिष्ठा पाइनेछ । कृषि वा पशुपालनबाट मनग्य लाभ मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । अध्ययनमा प्रगति हुनेछ । इष्टमित्रको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा अवसरवादीहरूबाट सावधान रहनुहोला । पेट सम्बन्धी समस्याले सताउनेछ । साताको अन्तिममा कीर्तिमान कार्य गर्ने समय रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा पारिवारिक सद्भाव बढ्नेछ । जग्गा जमिन वा स्थायी सम्पत्तिको विवाद सुल्झिनेछ । साताको मध्यमा सन्तानका तर्फबाट शुभ सूचना मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साताको अन्त्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ । नमागी कसैलाई सल्लाह नदिनुहोस् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा धैर्य र पराक्रम आँटेका कार्य सम्पादन हुनेछन् । आर्थिक पक्ष सबल रहनेछ । साताको मध्यमा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । संयमित व्यवहारले सबैलाई प्रशन्न पार्न सकिनेछ । सहयोगीहरू सहयोगबाट पछि हट्नेछन् । साताको अन्तिममा विद्यार्थीहरूलाई गुरुजनको सहयोग मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा संचित धनमा वृद्धिको साथै दिगो लाभ हुने कार्य प्रारम्भ हुनेछ । साताको मध्यमा परिवारमा आफूभन्दा सानाको सहयोग पाइएला । अड्केको कामले गति लिनेछ । साताको अन्तिममा आफुले गरेको उपलब्धि जोगाउन प्रयास गर्नुहोला । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ । बुद्धिको उपयोगले व्यावहारिक उल्झन हटाउन सक्नुहुनेछ । साताको मध्यमा नोकरी वा पेशामा नयाँ अवसर प्राप्त हुनेछ । आश देखाउनेहरूले झुक्याउन सक्लान् । साताको अन्तिममा श्रमको उचित मूल्यांकन मिल्नेछ । महत्वकांक्षी कार्य प्रारम्भ गर्न सकिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ला । प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने अवसर जुर्नेछ । साताको मध्यमा पुरानो कार्यबाट विशेष लाभ आर्जन गर्न सकिनेछ । विद्यार्थीहरूको लागि समय उत्साहवर्धक रहनेछ । साताको अन्त्यमा नोकरी वा पेशामा अधिकारीहरूको साथ मिल्नेछ । उद्देश्य प्राप्तिको लागि नीति नियम मिचेर अगाडि नबढ्नुहोला ।




