मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले तत्परता देखाउनेछन् । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आश मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले उपलब्धि दिलाउनेछ । परिवारजनको सहयोग लिनु लाभदायी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही चुनौतीको सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । विस्तारका लागि यात्रा हुनेछ । शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकपूर्वक अघि बढ्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोख पूर्तिका लागि खर्च बढ्नेछ । दाम्पत्य जीवनमा रमाउने समय छ । प्रेमको बन्धन कसिनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ काम पाइनेछ । खानपानमा सावधानी अपनाउनुहोस्, आलस्यले अवसर गुम्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्य र सम्मान पाइनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने समय हो । तर अरूको भरमा बसेर काम रोकिन सक्छ, हिम्मतपूर्वक अघि बढ्नुहोस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नेछन् । संघर्षबाट अधिकार स्थापित हुनेछ । शत्रु किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ पाइनेछ । सहयोगीहरूको राम्रो साथ रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ईर्ष्यालुहरूले अवरोध पुर्याउन सक्छन् । योजना गोप्य राखेर अघि बढ्नुहोस् । चुनौती चिर्दै काम बन्नेछ । खर्च बढ्ने संकेत छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा पर्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
माता पिता वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठन पाठनमा प्रगति हुनेछ । व्यापार लगायत आर्थिक काममा लाभ हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागेपनि आत्मविश्वास बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जिएपनि मान्यजनको सुझाव लिनु लाभदायी हुनेछ । भेटघाटको अलमलले नोक्सान हुन सक्छ । नयाँ कामको प्रस्ताव आएपनि हिम्मतको कमीले पछि पर्न सकिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्दा लक्ष्य प्राप्तिमा ढिलाइ हुनेछ । कमजोर मानसिकताले पछि पार्न सक्छ, तर हिम्मत गर्दा पुरुषार्थी काम बन्नेछन् । रोकिएका काम बन्ने र नयाँ सुरु गर्ने समय हो । उद्योग व्यवसायमा विशेष फाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशेष योजना गोप्य राख्नुहोस् । पुरानो तरिकाले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख हुन सक्छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या आएपनि धन आर्जनको मौका छ । पारिवारिक जमघटमा रमाइलो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयको गतिलाई पछ्याउनुहोस् । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले उपलब्धि दिलाउनेछ । धैर्यपूर्वक निरन्तर प्रयत्न गर्दा धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ ।




