मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ । बच्चाहरूको पढाइ लेखाइलाई लिएर मन चिन्तित रहनेछ । साताको मध्यमा कार्य क्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइनेछ । कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ । साताको अन्तिममा जग्गा जमिन र ठेक्कापट्टाको कामले विशेष लाभ आर्जन गर्न सकिएला । पारिवारिक सदस्यको बीच असमझदारी बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । कार्य क्षेत्रमा नयाँ कार्यको प्रस्तावहरू हाथ लाग्ने छन् । साताको मध्यमा बोलिको प्रभावले कार्य सिद्ध हुनेछ । संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ । साताको अन्तिममा घरपरिवारमा आफूभन्दा साना भाइबहिनीहरूको सहयोग पाइनेछ । पहिलाको सफलताले अरु कार्य गर्न हौसला जगाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा वैदेशिक क्षेत्रबाट लाभ रहनेछ । स्वास्थ्यलाई लिएर सजग रहनुहोला । साताको मध्यमा लगनशीलताले लक्ष्यमा पुग्न गाह्रो नहोला । माननीयजनहरूबाट सहायता पाइनेछ । साताको अन्तिममा पारिवारिक सद्भावमा वृद्धि हुनेछ । चिताएका कार्य सम्पादन गर्न सकिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा शेयर बजारबाट मनग्य लाभ प्राप्त हुनेछ । आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । साताको मध्यमा विदेशतिरबाट शुभ सूचना मिल्नेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । साताको अन्त्यमा रोकिएको कार्य प्रारम्भ हुनेछ । व्यापारमा नयाँ लगानी लगाउने समय रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहायता पाइनेछ । राजनीतिक क्षेत्रमा प्रसिद्धि बढ्नेछ । साताको मध्यमा आयस्रोत बढ्नेछ । महत्वाकांक्षी योजनाहरू पूरा हुनेछन् । बिदेशतिर ताक्नेहरूको लागि यात्राको योग बन्नेछ । भौतिक संसाधन जुटाउनमा खर्चमा वृद्धि हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा धर्म कर्ममा मन लाग्नेछ । विद्यार्थीहरूलाई नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा पिताको साथ मिल्नेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको अन्तिममा कार्य प्रति उत्साह जाग्नेछ । बुद्धिको उपयोगले विद्या र धन आर्जन गर्न सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा असंयमित व्यवहारले समस्या निम्ताउन सक्ला, सावधान रहनुहोस् । विद्यार्थी वर्गहरूले पठन पाठनमा आलस्य गर्नदेखि बच्नुहोला । साताको मध्यमा युवावर्गलाई उच्च शिक्षामा नयाँ अवसरहरु मिल्नेछन् । कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला । साताको अन्तिममा विशिष्ट व्यक्तिहरूसँगको भेटघाटले रोकिएका कार्य पुन: प्रारम्भ हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भ राम्रो रहेको छ । आत्मविश्वासमा वृद्धि हुनुका साथै नयाँ कार्य प्रारम्भ गर्ने योजनाको रूपरेखा बन्नेछ । साताको मध्यमा वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोला । खानपानमा पौष्टिक आहारको सेवन गर्नुहोस् । साताको अन्तिममा उत्साह र पराक्रममा वृद्धि हुनेका साथै मानसम्मान बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । मनपर्ने वस्तु उपहारमा प्राप्त होला । साताको अन्त्यमा पहिलाका सम्झौताहरू विघटन गर्ने परिस्थिति आउन सक्छ । रोकिएका कार्य दोहोराएर गर्दा सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा प्रेम र मित्रताको बन्धन कसिनेछ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । साताको मध्यमा अरुको विश्वासमा कुनै कार्य अधुरो नछोड्नुहोस् । आश्वासन बढाउनेहरूले झुक्याउन सक्छन् । साताको अन्तिममा सम्पादित कामबाट मनग्य लाभ हुनेछ । बोलिको प्रभावले विशेष अवसर दिलाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा बोलीको विपरीत अर्थ लाग्नेछ । राजनीतिक वा प्रशासनिक क्षेत्रको कार्यमा बाधा आउनेछ । साताको मध्यमा मित्रहरूबाट रोकिएको कार्य बन्नेछ । प्रियजनहरूसँग भेटघाट वा यात्राका योग बन्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा गरिएको कार्यको प्रशंसा हुनेछ । आर्थिक कारोबार आर्थिक दृष्टिले राम्रो रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नयाँ कामको थालनीमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोला । साताको मध्यमा कार्य क्षेत्रमा अप्ठ्यारा कार्यहरू सुल्झाउनमा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । शिक्षाको क्षेत्रमा नयाँ किर्तिमान स्थापित गर्न सकिनेछ । नयाँ नोकरीमा सफलता मिल्नेछ ।




