मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा स्वास्थलाई लिएर चिन्ता रहनेछ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछाडि परिनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । उच्च शिक्षालाई लिएर नयाँ अवसर प्राप्त हुनेछ । साताको अन्तिममा पराक्रम द्वारा अधिकार स्थापित गर्न सकिनेछ । नोकरी वा पेशामा प्रभाव बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । साताको मध्यमा शत्रुहरू सक्रिय रहनेछन् । आलस्यले गर्दा हात आएको अवसर गुमाउन सकिनेछ, सावधान रहनुहोस् । साताको अन्तिममा धर्मकर्ममा मन लाग्नेछ । माता पिताबाट सहयोग प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । सवारी साधन चलाउँदा साधन रहनुहोला । साताको मध्यमा साझेदारी व्यापारमा नयाँ चुनौतीको सामना गर्नुपर्ला । नयाँ नोकरीमा योग्यताको मूल्याङ्कन हुनेछ । साताको मध्यमा आध्यात्म तर्फ रुचि बढ्नेछ । आफ्नो कार्य प्रति ईमान्दारिता राख्नुहोस् । द्वेष र ईर्ष्या राख्नेहरू हार खानेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा शिक्षाको क्षेत्र फराकिलो हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । कानुनी पक्ष मजबुत रहनेछ । साताको अन्तिममा साझेदारी व्यापारमा सामञ्जस्य बनाउन गाह्रो हुनेछ । आफन्तहरूको साथ मिल्नाले मनमा उत्साह रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्न सक्छ । जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला । साताको मध्यमा सामाजिक समस्या सुल्झाउनमा सफल भइनेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । साताको अन्तिममा उत्तेजनामा आएर कुनै निर्णय नलिनुहोला । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन् । लगनशीलताको उचित प्रतिफल मिल्नेछ । साताको मध्यमा राजनीतिक क्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइएला । हात आएको अवसर नगुमाउनुहोस् । साताको अन्तिममा शैक्षिक प्रतिस्पर्धामा अग्र स्थान प्राप्त हुनेछ । सन्तानको प्रगतिले मन हर्षित रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ । आफन्तहरूको मध्यमा रमाइलो समय व्यतीत हुनेछ । साताको मध्यमा महत्वकांक्षी योजना प्रारम्भ गर्ने समय रहेको छ । आँटेको कार्य समयमा सम्पादन गर्न सकिनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ । साताको अन्तिममा योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस् । काम बिग्रिनुको डरले मनमा अज्ञात भय रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । नोकरी वा पेशामा नयाँ दायित्व निर्वहन गर्नुपर्ला । साताको मध्यमा अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ने समय रहेको छ । काम विशेषले आफन्तहरूबाट टाढिनुपर्ला । साताको अन्तिममा कार्य क्षेत्रमा आफ्नो कार्यले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ । आफूभन्दा साना भाइबहिनीहरूबाट सहयोग पाइएला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । विश्वास पात्रबाट धोखा पाइएला, सचेत रहनुहोस् । साताको मध्यमा व्यापार व्यवसायमा नयाँ अनुबन्ध मिल्नेछ । नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सहयोग पाइएला । साताको अन्तिममा बुद्धिको उपयोगले कार्य सिध्द हुनेछन् । नयाँ योजनातर्फ अग्रसर भइनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आत्मश्वासमा वृद्धि हुनेछ । आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ । साताको मध्यमा श्रमको उचित मूल्यांकन नमिल्ला । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । पारिवारिक सद्भावमा मनमुटाव आउन सक्छ । साताको अन्तिममा स्वास्थ्य कमजोर रहनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । भावनामा आएर निर्णय नलिनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा धन लाभका नयाँ अवसरहरू जुट्नेछन् । सुख सुविधामा वृद्धि हुनेछ । गृहणीहरूको घरायसी कामकाजमा समय बित्नेछ । साताको मध्यमा पहिला गरेको गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुहोस् । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको अन्तिमा स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला । कृषि वा पशुपालबाट लाभ आर्जन गर्न सकिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ । प्रेम विवाहको सम्बन्धमा पारिवारिक समस्या आउन सक्छ । साताको मध्यमा सबै कामहरू उत्तम तरिकाले पूरा हुनेछन् । व्यापार व्यवसायमा विवादित विषयको समाधान हुनेछ । कार्यस्थलमा ठूलो परियोजना हात पार्न सकिनेछ । साताको अन्तिममा जीवन साथी प्रति वफादारी र माया बढ्नेछ ।




