मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर सजग रहनुहोला । साताको मध्यमा सांस्कृतिक समारोहमा सम्मिलित हुने अवसर मिल्नेछ । युवाहरूलाई उच्च शिक्षामा सफलता मिल्नेछ । साताको अन्तिममा आय आर्जनका नयाँ अवसरहरू फेला पर्नेछन् । उच्च अधिकारीहरूसँग वादविवादमा नअल्झिनुहोस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा साझेदारी व्यापारमा सफलता मिल्नेछ । जीवनसाथीबाट सहयोग पाइएला । साताको मध्यमा सामाजिक सञ्जालमा विवादित विषयबाट टाढा रहने प्रयास गर्नुहोस् । आफ्नो योजनाहरू सार्वजनिक नगर्नुहोला । साताको अन्तिममा धर्मकर्ममा रुचि बढ्नेछ । कार्य क्षेत्रमा प्रभाव जमाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । अनलाइन किनबेचमा सावधानी अपनाउनुहोस् । साताको मध्यमा उच्च अधिकारीको सहयोगले रोकिएका काम बन्नेछन् । आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ । साताको मध्यमा बोलीको विपरीत अर्थ लाग्ला, सकेसम्म थोरै बोल्ने प्रयास गर्नुहोस् । कार्य क्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साताको मध्यमा लगनशीलताले अप्ठ्यारा चुनौतीलाई सजिलै सम्पादन गर्न सकिनेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । साताको अन्तिममा नयाँ कार्य प्रारम्भ गर्नमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ । नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा पारिवारिक सद्भावमा कमी आउनेछ । व्यापार विस्तारको लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । साताको मध्यमा शैक्षिक योग्यतामा सफलता मिल्नेछ । मेहनतले राम्रो उपलब्धि दिलाउनेछ । साताको अन्तिममा दोहोराएर प्रयत्न गर्दा सफलता मिल्नेछ । राज्यपक्ष वा प्रशासनिक क्षेत्रबाट रोकिएका कार्य बन्नेछन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । साहसिक कार्य गर्ने अवसर रहेको छ । साताको मध्यमा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । लेनदेन वा हिसाब किताबमा सावधान रहनुहोला । साताको अन्तिममा रचनात्मक कार्यमा मन लाग्नेछ । दिगो फाइदा हुने कार्य प्रारम्भ गर्न सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ । आफन्तहरुको साथमा स्वादिष्ट भोजनको आनन्द मिल्ला । साताको मध्यमा दाजुभाइमा आत्मीयता बढ्नेछ । विपरीत परिस्थिति आएपनि धैर्यताको परिचय दिनुहोस् । साताको अन्त्यमा आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ । कानून विपरीत कार्य नगर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । आँटेको कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा अध्ययनमा लगाव बढ्नाले राम्रो उपलब्धि हात पार्न सकिनेछ । बोलीको प्रभावले प्रशंसकहरू बढ्नेछन् । साताको अन्तिममा व्यापार विस्तारलाई लिएर योजनाहरू कोरिनेछन् । व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा फजुल खर्चदेखि बच्नुहोस् । अवसरवादीहरूबाट सावधान रहनुहोला । साताको मध्यमा चुनौति पन्छ्याउँदै कार्य क्षेत्रमा अधिकार स्थापित गर्न सक्नुहुनेछ । स्वास्थ्यले साथ दिनेछ । साताको अन्तिममा बलले भन्दा बुद्धिको उपयोगले कार्य सम्पादन गर्ने प्रयास गर्नुहोला । परोपकारको भावना जागृत हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा सन्तान पक्षबाट सुख मिल्नेछ । भौतिक संसाधन जुटाउन सकिएला । साताको मध्यमा अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन् । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । साताको अन्तिममा लामो दूरीको यात्राको योग छ । व्यापार व्यवसायमा परिवारबाट सहयोग मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा भौतिक संसाधन जुटाउने अवसर मिल्नेछ । पिताको कार्य क्षेत्रमा उन्नति हुनेछ । साताको मध्यमा अफ्ट्यारो काम बन्नाले नयाँ कार्य तर्फ अग्रसर भइनेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । शत्रुहरू सक्रिय रहनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा कसैसँग वाद विवादमा नपर्नुहोस् । लगनशीलताले सफलता दिलाउनेछ । साताको मध्यमा विदेशतिर ताक्नेहरूको लागि समय अलि कठिन रहेको छ । कानुनी पक्ष मजबुत रहनेछ । साताको अन्तिममा धार्मिक यात्राको प्रक्रिया अघि बढ्नेछ । दाजुभाईमा आत्मीयता बढ्नेछ ।




