मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा नयाँ अवसर हात लागे पनि लाभ लिन नसकिएला । साताको मध्यमा युवाहरुलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ । घरमा मांगलिक कार्यक्रमको चर्चा हुनेछ । साताको अन्तिममा अड्केको कार्य पुन: प्रारम्भ हुनेछ । नोकरी वा पेशामा पदोन्नतिका योग छन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा कार्य क्षेत्रमा जीवन साथीको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको मध्यमा बोलिको विपरीत अर्थ लाग्नेछ । भौतिक संसाधन जुटाउन धन खर्च हुनेछ । साताको अन्तिममा धर्म कर्ममा मन जानेछ । नोकरी वा पेशामा प्रभाव बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा आर्थिक पक्ष सबल रहनेछ । आफन्तजनहरूबाट राम्रो सहयोग नमिल्ला । साताको मध्यमा जीवन साथीसंग पायक स्थानमा यात्राका योग छ । नयाँ पहिरनको अवसर मिल्नेछ । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला । स्वास्थ्यलाई लिएर कमजोरीको अनुभूति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा आफन्तसँग मनमुटाव सुल्झिनेछ । घैर्यको कमीले कार्य क्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सम्मान नमिल्ला । साताको मध्यमा भावनामा आएर निर्णय नलिनुहोस । गृहणीहरूको अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ । साताको अन्तिममा शुभ कार्यको चर्चा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा स्वास्थ्यमा सुधार हुनेछ । कानुनी समस्याहरू लम्बीनेछन् । साताको मध्यमा पितासँग सम्बन्ध प्रगाढ हुनेछ । शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ मिल्नेछ । कार्य क्षेत्रमा लिएका निर्णयहरूको प्रशंसा हुनेछ । यात्रा सुखद हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा आत्मविश्वासमा वृद्धि हुनेछ । आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ । साताको मध्यमा श्रमको उचित मूल्यांकन नमिल्ला । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । पारिवारिक सद्भावमा मनमुटाव आउनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । भावनामा आएर निर्णय नलिनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा साहित्य वा लेखनकलामा निखार आउनेछ । साताको मध्यमा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । साताको अन्तिममा व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ । शेयर बजारबाट मनग्य धन आर्जन गर्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा सकारात्मक विचारले मन प्रसन्न रहनेछ । साताको मध्यमा पेट सम्बन्धी समस्या देखा पर्न सक्ला, खानपानमा विशेष ध्यान दिनुहोस् । सवारी साधनमा धन खर्च हुनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्तिममा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ । मीडिया र चलचित्रको क्षेत्रबाट लाभ मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा धैर्य वा पराक्रमा वृद्धि हुनुका साथै नयाँ कार्य कार्यान्वित गर्न लागि उपयुक्त समय रहेको छ । कार्य क्षेत्रमा आफूभन्दा सानाको साथ मिल्ला । साताको मध्यमा सन्तानको प्रगतिले मन हर्षित रहनेछ । विद्यार्थीहरूलाई शिक्षामा सफलता मिल्नेछ । साताको अन्तिममा पेशामा गुमाएको स्थान स्थापित गर्न संघर्ष गर्नुपर्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आफन्तहरूबाट सोचेजस्तो सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट मनग्य लाभ मिल्ला । साताको मध्यमा कार्यक्षेत्रमा आँटेका कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ । कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्ला । साताको अन्तिममा युवा वर्गहरुले आफ्नो करियरलाई लिएर कठोर निर्णय लिने समय रहेको छ । आफन्तहरूबाट टाढा हुने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सवारी साधनमा धन खर्चका योग छन् । साताको मध्यमा नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ । कार्य क्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा आफ्नो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । अरुलाई सल्लाह दिनबाट बच्नुहोला । गृहणीहरूको गृहकार्यमा समय बित्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा आफुलाइ ऊर्जावान महसुस गर्नु हुनेछ । नयाँ कार्य गर्नमा मन लाग्नेछ । साताको मध्यमा रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । साताको अन्तिममा कार्य क्षेत्रमा आफूमाथि विश्वास राखी निर्णय लिनुहोला, सफलता मिल्नेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ ।




