मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा आँटेको काममा सफलता मिल्नेछ । सानो प्रयासले ठूलो काम सम्पादन गर्न सफल भइनेछ । साताको मध्यमा पारिवारिक असमझदारी बढ्नेछ । इष्टमित्रहरूको साथ मिल्नाले राजनीतिक क्षेत्र बलियो बन्नेछ । साताको अन्तिममा विद्यार्थीहरूको अध्ययनमा मन लाग्नेछ । नोकरी वा पेशामा नयाँ प्रोजेक्टहरू हात लाग्नेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा आर्थिक कारोबारमा राम्रो सफलता प्राप्त हुनेछ । चुनौतीहरूले पछ्याउनेछन् । साताको मध्यमा आत्मविश्वासमा वृद्धि हुनेछ । अप्ठ्यारो परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । साताको अन्त्यमा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । कानुनी मुद्दा मामलाहरूमा पक्ष बलियो रहनेछ । साताको मध्यमा सन्चित धनमा वृद्धि हुनेछ । अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । साताको अन्तिममा मेहनतले राम्रो परिणाम हात पार्न सकिनेछ । भविष्यको लागि जग बसाउने अवसर मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मान सम्मानमा कमी आउनेछ । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको मध्यमा व्यवसायिक कामले गति लिनेछ । चुनौती भित्र अवसर खोज्ने समय रहेको छ । साताको अन्तिममा बोलिको माध्यमले कार्य सिद्ध हुनेछ । समयको प्रतिकुलताले कार्य बिग्रिन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा साथीभाई वा सहयोगीहरूबाट सहयोग मिल्नेछ । विवादास्पद मामलाहरू सुल्झिनेछन् । साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । आध्यात्मिक चेतनाको विकास हुनेछ । साताको अन्तिममा प्रतिष्ठित कामले समाजमा चिनाउनेछ । व्यवहारिक काममा खटिनुपर्ला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा नोकरी वा पेशामा सहयोगीहरुबाट सहयोग पाइएला । आफूभन्दा ठूलाको आशिर्वाद मिल्नेछ । साताको मध्यमा आशावादी भएर परिश्रम गर्नुहोस्, सफलता मिल्नेछ । कार्य क्षेत्रमा नयाँ कार्य हात लाग्नेछ । साताको अन्त्यमा स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ । अरुलाई सल्लाह दिनबाट बच्नुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा धर्म कर्ममा मन लाग्नेछ । विद्यार्थीहरूलाई नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ व्यापार व्यवसायमा लाभ रहनेछ । साताको अन्तिममा कार्य प्रति उत्साह जाग्नेछ । बुद्धिको उपयोगले विद्या र धन आर्जन गर्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा नयाँ कामको थालनीमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोला । कार्य क्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला । साताको मध्यमा आयस्रोत बढ्नेछ । शिक्षाको क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ । साताको अन्तिममा राज्यपक्ष वा प्रशासनिक क्षेत्रमा भनेजस्तो सफलता हात नलाग्ला । नयाँ नोकरीमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । कार्य क्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला । साताको मध्यमा गृहणीहरूले गृहकार्यमा कार्य गर्दा हातहतियारको उपयोग सावधानीपूर्वक गर्नुहोस् । अप्रिय समाचारले मन अप्रशन्न रहनेछ । साताको अन्तिममा आफ्नो प्रतिभाले अरुलाई आकर्षित गर्न सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा कार्य क्षेत्रमा भाइबहिनीहरूको राम्रो साथ पाइनेछ । नयाँ कार्य प्रारम्भ गर्नको लागि समय अनुकूल रहेको छ । साताको मध्यमा सम्बन्धमा आत्मीयताको कमी आउनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्त्यमा पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । परीक्षामा प्रतिद्वन्दीहरू बढ्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा असंयमित व्यवहारले समस्या निम्ताउन सक्ला । विद्यार्थी वर्गहरू पठन पाठनमा आलस्य गर्नबाट बच्नुहोला । साताको मध्यमा युवा वर्गलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ । कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला । साताको अन्तिममा विशिष्ट व्यक्तिहरूसँग भेटघाटले रोकिएका कार्य पुन: प्रारम्भ हुनेछन् । पिताको स्वास्थ्यलाई लिएर चिन्ता हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा शेयर बजारबाट मनग्य लाभ प्राप्त हुनेछ । आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । साताको मध्यमा विदेशतिरबाट शुभ सूचना मिल्नेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । साताको अन्त्यमा व्यापारमा नयाँ लगानी लगाउने समय रहेको छ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ ।




