मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा कार्य क्षेत्रमा सफलता मिल्नेछ । जीवन साथीबाट उपहार मिल्ला । साताको मध्यमा साझेदारी व्यापारमा लाभ रहनेछ । व्यापार विस्तारलाई लिएर योजना बन्नेछ । साताको अन्त्यमा स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोला । बोलिको विपरीत अर्थ लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । नयाँ अवसरको लाभ उठाउन सकिनेछ । साताको मध्यमा वित्तीय र सहकारी संस्थाहरूबाट लाभ मिल्ला उधारो पैसा दिनबाट बच्नुहोस् । साताको अन्तिममा दाम्पत्य जीवन सुमधुर रहनेछ । सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा व्यावहारिक पक्षमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ । जग्गा जमीनबाट लाभ आर्जन गर्न सकिएला । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । मनमा परोपकारको भावना जागृत हुनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा सानो कामलाई पनि दौडधुप गर्नुपर्ला । प्रशासनिक र राजकीय समस्याहरू सुल्झिनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा धैर्य वा पराक्रममा वृद्धि हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । साताको मध्यमा यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीहरूको सामना गर्दै कार्य सम्पादन गर्न सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा फसेको रकम तत्काल उठाउन सकिनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । साताको मध्यमा कार्यक्षेत्रमा आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ । आफूभन्दा साना मध्य आत्मीयता बढ्नेछ । साताको अन्तिममा घरायसी कार्यमा समझदारी बढ्नेछ । व्यापारमा लाभ रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा मानसम्मान वृद्धि हुनेछ । हत्तारमा कुनै पनि नयाँ निर्णय नलिनुहोला । साताको मध्यमा बोलिको प्रभावले कार्य सिद्ध हुनेछ। सञ्चित धनमा वृद्धि हुनेछ । साताको अन्तिममा गोपनियता बाहिरिनाले समस्या पर्नेछ । फजुल खर्चबाट बच्नुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । घरेलु जिम्मेवारी बढ्नाले व्यापार व्यवसायमा समय दिन नसकिएला । साताको मध्यमा लोकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ । शुभचिन्तकहरूको साथ मिल्नेछ । साताको अन्तिममा साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कार्य क्षेत्रमा कामको तारिफ हुनेछ । छोटो समयमा राम्रो उपलब्धि हात लाग्नेछ । साताको मध्यमा व्यर्थको कार्यमा समय व्यतीत हुनेछ । विद्यार्थीहरूलाई नयाँ कुरा सिख्ने अवसर मिल्नेछ । साताको अन्त्यमा सेवामूलक कामबाट सफलता मिल्नेछ । साहसिक कार्य गर्ने समय रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा श्रमको उचित मूल्यांकन पाइनेछ । रोकिएका काम बन्नेछन् । साताको मध्यमा शेयर बजारबाट लाभ आर्जन हुनेछ । घर परिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ । अध्ययनको लगावले शैक्षिक क्षेत्र फराकिलो हुनेछ । साताको अन्त्यमा पहिलाका सफलताले थप कार्यप्रति उत्साह जाग्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा व्यापार व्यवसायमा लाभ रहनेछ । पिताको सहयोगले आँटेको कार्य सम्पादन गर्न सकिनेछ । साताको मध्यमा कार्य क्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ । रोजगारीका लागि नँया अवसरहरू फेला पर्नेछन् । साताको अन्तिममा तत्काल फाइदा नभये पनि पछिलाई फाइदा हुनेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा पुरानो सम्झौता भंग हुनाले व्यापारमा हानि हुन सक्छ । अरुलाई सल्लाह दिनबाट बच्नुहोस् । साताको मध्यमा लाभका स्रोतहरू पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो प्रगति हुनेछ । साताको अन्तिममा नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ । कार्य क्षेत्रमा मनोबल उच्च रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा कार्य क्षेत्रमा आत्मविश्वास बढ्नेछ । गरिएको कामको उचित मूल्यांकन पाइनेछ । साताको मध्यमा जग्गा जमीन सम्बन्धी खोज पुरा हुनेछ । आलस्यले गर्दा हातमा आएको अवसर जान सक्छ । साताको अन्तिममा युवाहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ ।




