रौतहट । रौतहटको चन्द्रपुर स्थित भेषराज घिमिरेको गोठमा आगलागी भएको छ । सोमबार राति करिब ९:३० बजे चन्द्रपुर नगरपालिका वडा नं. ६ गैरीगाउँ निवासी भेषराज घिमिरेको गोठमा आगलागी भएको हो ।
स्थानीय बासिन्दाहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । घटनास्थलमा थप विवरण संकलन भइरहेको छ र क्षतिको पूर्ण विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीय स्रोतका अनुसार, प्रारम्भिक रूपमा जनधनको ठूलो क्षति भने नभएको अनुमान गरिएको छ । आगलागीको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।






