रौतहट । मोबाइल चोरी भएर वा हराएका कारण समस्यामा पर्नु भएको छ रु देशैभर फोन हराउने, चोरी हुने र पकेटमारी तीव्र छ । मोबाइल आजको जीवनशैलीको अभिन्न अंग नै भइसकेको छ । त्यसैले मोबाइलको प्रयोग गर्दा धेरै सावधानी अपनाउनुपर्छ ।
खास गरी सार्वजनिक बस, सार्वजनिक कार्यक्रम जस्ता भीडभाड हुने ठाउँमा यस्तो घटना दैनिकजसो भइरहेका हुन्छन् । मोबाइल चोरी हुना साथ तपाईंको प्राइभेट डकुमेन्ट अथवा व्यक्तिगत डाटा खतरामा पर्छ । यति मात्रै नभएर तपाईंले आफ्नो नयाँ मोबाइलको लागि अर्को महँगो खर्च गर्नुपर्ने हुन्छ ।







