मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको मध्यमा ढिला भएको कार्य सम्पादन हुनेछ । दैनिक आवश्यकताको पूर्ति सजिलै गर्न सकिनेछ । साताको अन्तिममा व्यापार वा सट्टापट्टाबाट लाभ मिल्नेछ । विगतमा गरिएको कामको उचित प्रतिफल मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा आफूभन्दा ठूला प्रति आदरभाव जागृत हुनेछ । समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् । साताको मध्यमा मन अनुकूल रहनेछ । नयाँ कार्य हात नलाग्नाले मन अप्रसन्न रहनेछ । अध्यात्मतर्फ झुकाव रहनेछ । साताको अन्तिममा मान सम्मानमा वृद्धि हुनेछ । कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा नोकरी वा पेशामा सफलता मिल्नेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । साताको मध्यमा समय लागेपनि मेहनतले काम बनाउन सकिनेछ । शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । साताको अन्तिममा टाढिएका मित्रहरू नजिक हुनाले मन प्रसन्न रहनेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा सामाजिक कार्यमा रुचि बढ्नेछ । धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला । साताको मध्यमा लगनशीलताले चुनौतीहरू स्वत: हट्नेछन् । पिताको सहयोगले नयाँ कार्यतर्फ अग्रसर भइनेछ । साताको अन्तिममा दाजुभाइ प्रति आत्मीयता बढ्नेछ । सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा बोलिको विपरीत अर्थ लाग्नेछ । शत्रुहरू सक्रिय रहनेछन् । साताको मध्यमा विद्यार्थीहरूलाई उच्च शिक्षालाई लिएर नयाँ अवसरहरु मिल्नेछन् । मेहनत परे पनि भाग्यले राम्रो अवसर दिलाउनेछ । साताको अन्तिममा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । सेवामुलक कार्यबाट विशेष सम्मान अर्जित गर्न सकिएला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ । साताको मध्यमा आफ्नो कमी कमजोरी माथि टिप्पणी हुनेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । साताको अन्तिममा श्रमको उचित मूल्यांकन नमिल्ला तर पनि आशावादी भएर कार्य गर्नुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा प्रतियोगि परीक्षामा सफलता मिल्नेछ । महत्वकांक्षी योजना पूरा गर्नको लागि संघर्ष गर्नुपर्ला । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन् । साताको अन्तिममा फजुल खर्चबाट बच्नुहोला । नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साताको मध्यमा विद्यार्थीहरूलाई परीक्षामा सोचे अनुकूल परिणाम मिल्नेछ । आलस्यले गर्दा कार्य क्षेत्रमा पछि परिएला, सावधान रहनुहोस् । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा व्यावहारिक सम्बन्धहरूमा असमझदारी बढ्नेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको मध्यमा विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ । कला र साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा धैर्य वा पराक्रम वृद्धि हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । साताको अन्त्यमा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । सरकारी कामकाजमा बाधा हुनेछ । साताको मध्यमा शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनहरूबाट सहयोग मिल्नेछ । कानुनी पक्ष सबल रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा अति आत्मविश्वासमा आएर जोखिम नलिनुहोस् । कार्य क्षेत्रमा अधिकारीहरूबाट सहायता मिल्ला । साताको मध्यमा पारिवारिक मामलाहरू सुल्झाउनमा सफलता मिल्नेछ । कार्य क्षेत्रमा एउटा कार्य समाप्त गरेर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला । साताको अन्तिममा प्रेम र मित्रताको बन्धन कसिनेछ । कलात्मक कार्यहरूमा रुचि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा निजी सम्बन्धमा आत्मीयता बढ्नेछ । अरुको वादविवादमा आफू अगाडि नबढ्नुहोला । साताको मध्यमा स्वास्थ्यमा सुधार आउनेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । साताको अन्तिममा पुरानो बचतले आर्थिक पक्ष सबल हुनेछ । कार्य क्षेत्रमा गुप्त शत्रुहरूले समस्या बढाउनेछन् ।




