मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ । सूर्य शुक्र र मंगलको नवम भावमा गोचरले आर्थिक क्षेत्रमा स्थिरता ल्याउन सकिनेछ । विवादास्पद समस्याहरू सुल्झिनेछन् । उच्च शिक्षा र सञ्चारको माध्यमबाट राम्रो अवसर फेला पार्न सकिनेछ । कार्य क्षेत्रमा अलि संघर्ष गर्नुपर्ला सफलता अवश्य मिल्नेछ । पारिवारिक र वैवाहिक जीवनमा यो महिना श्रेष्ठ रहनेछ । घर परिवारसँग संवादमा सुधार आउनेछ । स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहेको छ । साथै मानसिक चिन्ताबाट मुक्ति मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरुको लागि यो महिना सामान्य रहेको छ । सूर्य, मंगल र शुक्रको अष्टम भावमा गोचरले आर्थिक पक्षमा सतर्कता अपनाउनुहोस् । आकस्मिक खर्च बढ्ने वा गोप्य कुराहरू बाहिरिन वा लगानीहरूमा जोखिम बढ्नेछ । विलासिताको वस्तुहरूमा फजुल खर्ची बढ्नेछ । साझेदारी व्यापारमा नयाँ सम्झौताहरू गर्नुपर्ला । मंगलको अष्टम भावमा गोचरले सरकारी कामकाज र प्रशासनिक क्षेत्रमा बाधा आउनेछ । वैवाहिक सम्बन्धमा सौहार्दको कमी आउनेछ । साथीसँग तनावको स्थिति उत्पन्न हुन सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरुको लागि यो महिना राम्रो रहनेछ । आकस्मिक व्यापार बढाउन संचित रकम खर्च गर्नुपर्ला तर सफलता मिल्नेछ । मंगल र सूर्यको योगले गर्दा परिवारमा स्वास्थ्य र सम्बन्धलाई लिएर चिन्ता रहनेछ । पढाइ र प्रेम सम्बन्धलाई लिएर यो महिना मिश्रित रहनेछ । घर परिवारमा मांगलिक र शुभकार्यको चर्चा हुनेछ । यात्रा लाभदायी रहनेछ । उच्च शिक्षालाई लिएर विदेशतिरको गमन वा सञ्चार सम्बन्धी कार्यमा सफलता प्राप्त गर्न सकिनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि समय सामान्य रहेको छ । व्यवहारिक र वैवाहिक दृष्टिकोणले यो महिना सामान्य रहनेछ । प्रेम रोमान्स वा सामाजिक सञ्जालतर्फ आकर्षण बढाउनेछ । शिक्षाको दृष्टिकोणले समय राम्रो देखिएको छ । प्रतिस्पर्धात्मक र रचनात्मक विषयहरूमा मन जानेछ । बोलिमा संयमता वा स्थिरता कायम रहनेछ । व्यापार व्यवसायको दृष्टिले यो महिना उत्तम रहेको छ । करियरमा नयाँ अवसर वा नयाँ नोकरीको प्रस्ताव मिल्नेछ । स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिहरूको लागि यो महिना उत्तम रहनेछ । रचनात्मक कार्यमा वृद्धि हुनेछ । मित्रवर्गहरुबाट राम्रो साथ र सहयोग पाइनेछ । पारिवारिक र वैवाहिक सम्बन्धको दृष्टिकोणले समय उत्तम रहेको छ । प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि परिवारसँग कुरा राख्ने अवसर जुट्नेछ । घरेलु सुख सुविधामा वृद्धि हुनेछ । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । विद्यार्थीहरूको कलात्मक वा बौद्धिक स्तरमा विकास हुनेछ । स्वास्थ्यको दृष्टिकोणले समय राम्रो देखिएको छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि समय सामान्य रहेको छ । व्यापार व्यवसायमा नयाँ लगानी लगाउने जोखिम नलिनुहोला । पारिवारिक सम्बन्धको दृष्टिकोणले यो महिना सामान्य रहेको छ । मनमा अज्ञात भय र मानसिक चिन्ताले सताउनेछ । राजनीतिक क्षेत्रमा जनसमर्थन प्राप्त हुनेछ । व्यापार व्यवसायबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ । सेवामूलक कामले मान प्रतिष्ठा दिलाउनेछ । करियर वा व्यापार व्यवसायमा प्रगति हुनेछ । स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । शत्रुहरू पराजित हुनेछन् । धैर्य र पराक्रमले आफ्नो अधिकार प्राप्त गर्न सक्नुहुनेछ । भाषण वा अभिव्यक्तिको कलामा निखार आउनेछ । पारिवारिक सम्बन्धलाई लिएर यो महिना सामान्य रहेको छ । आफूभन्दा साना भाइबहिनीहरूसँग सौहार्द बढाउन सकिनेछ । पढाई वा प्रेम सम्बन्धको दृष्टिले यो महिना सकारात्मक रहेको छ । सरकारी नोकरीमा सफलता मिल्नेछ । यो महिना चिसोबाट जोग्गिने प्रयास गर्नुहोला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि समय राम्रो रहेको छ । संगीत र कलाको क्षेत्रमा विशेष सफलताका योग छन् । बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ । आकस्मिक खर्चमा वृद्धि वा ऋण लिएर नयाँ लगानी लगाउनु पर्ला । आर्थिक निर्णयहरूमा विवेकको प्रयोग गर्नुहोस् । वैवाहिक सम्बन्धलाई लिएर समय राम्रो रहेको छ । करियर वा व्यापार व्यवसायमा नयाँ अवसरहरू फेला पर्नेछन् । स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ । आँखा सम्बन्धी विषयलाई लिएर सचेत रहनुहोला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ । पारिवारिक वा वैवाहिक सम्बन्धको लागि समय चुनौतीपूर्ण रहनेछ । पढाइ वा प्रेम सम्बन्धलाई लिएर पनि महिना उत्तम देखिएको छ । विद्यार्थीहरूको बौद्धिक स्तरमा प्रगति हुनेछ । लामो समयदेखि चलिरहेको चिन्ताबाट मुक्ति मिल्नेछ । व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सक्नुहुनेछ । स्वास्थ्यको दृष्टिकोणले समय राम्रो रहेको छ । कार्य क्षेत्रमा कामको तनावले शारीरिक थकान महसुस हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । स्वास्थ्य र महत्कांक्षी योजनाहरूलाई लिएर खर्चमा वृद्धि हुनेछ । सामाजिक वा रचनात्मक कार्यहरूबाट आयमा वृद्धि हुनेछ । विलासिताको सामानमा धन खर्च हुनेछ । पारिवारिक र वैवाहिक सम्बन्धलाई लिएर यो महिना चुनौतीपूर्ण रहनेछ । साथै वैवाहिक सम्बन्धमा तनाव र मतभेद बढ्न सक्छ । पढाई र प्रेम सम्बन्धलाई लिएर यो महिना मध्यम रहनेछ ।व्यवसायको दृष्टिले प्रतिस्पर्धात्मक कार्यमा सफलता ल्याउन सक्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । सामाजिक सञ्जाल र चिकित्साको क्षेत्रबाट विशेष लाभ आर्जन गर्न सकिएला । आर्थिक पक्षमा सफलता मिल्नेछ । महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् । टाढिएका आफन्तहरू सँग पुन: मिलन हुनेछ । पारिवारिक सम्बन्धलाई लिएर समझदारीमा वृद्धि हुनेछ । एकअर्का प्रति विश्वास बढ्नेछ । प्रेम सम्बन्धको दृष्टिकोणले समय सकारात्मक रहनेछ । करियर वा व्यापारलाई लिएर समय प्रकृतिशील रहेको छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । नोकरी वा पेशामा पद्धोन्नतिका योग छन् । व्यापार व्यवसायमा विशेष लाभ प्राप्त होला । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । पारिवारिक वा वैवाहिक सम्बन्धको लागि समय उत्तम रहेको छ । उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू फेला पर्नेछन् । पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ । स्वास्थ्यको दृष्टिकोणले समय उत्तम रहेको छ । श्वासप्रश्वास सम्बन्धी समस्याले सताउन सक्छ । साथै खानपानमा सतर्कता अपनाउनु होला ।




