मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भ उच्च शिक्षालाई लिएर नयाँ अवसर मिल्नेछ । टाढिएका साथी भाईहरूसँग रमाइलो भेटघाट हुनेछ । साताको मध्यमा नोकरी वा पेशामा अधिकारीहरूबाट सहयोग पाइनेछ । पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा सुखःदुखमा साथ दिने सहयोगीहरू भेटिनाले काममा आइरहेको बाधा पन्छिनेछ । शेयर बजारबाट लाभ आजन गर्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा विवादास्पद काममा हात हाल्नाले ठूलो अवरोधको सामना गर्नुपर्ला । बोलीको विपरीत अर्थ लाग्नेछ, सावधान रहनुहोस् । साताको मध्यमा चुनौतीहरुलाई पन्छाउँदै नयाँ अवसर खोज्ने समय रहेको छ । भौतिक संसाधन जुटाउन सकिनेछ । साताको अन्तिममा नोकरी वा पेशामा सहयोगी वर्गहरूबाट सहयोग पाइनेछ ।महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ । आर्थिक पक्ष सबल बन्नेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । हत्तारमा निर्णय लिँदा कार्य दोहोर्याएर गर्नुपर्ला । साताको अन्तिममा धर्म कर्ममा मन जानेछ । उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । अधिकारको लागि संघर्ष गर्नुपर्ला । साताको मध्यमा आफन्तहरू मध्य असमझदारी बढ्नेछ । स्वास्थ्यलाई लिएर ध्यान दिनुहोस् । साताको अन्तिममा प्रेम र मित्रताको बन्धन कसिनेछ । नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ । व्यावहारिक पक्षमा असमझदारी बढ्नेछ । साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ । सकारात्मक ऊर्जाको साथ अगाडि बढ्नुहोस् । साताको अन्तिममा व्यापार व्यवसाय मनग्य लाभ आर्जन गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ । पारिवारिक सद्भावमा वृद्धि हुनेछ । साताको मध्यमा विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ । मनमा परोपकारको भावना जागृत हुनेछ । साताको अन्तिममा ईर्ष्यालु प्रवृत्ति बढ्नेछ । प्रतिद्वन्दीहरू पछाडि हट्नाले कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा धैर्य वा पराक्रमले आँटेको कार्य सम्पादन गर्न सफल भइनेछ । आफूभन्दा साना प्रति आत्मीय भाव बढ्नेछ । साताको मध्यमा स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान दिन नसकिएला । पहिलाका रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । साताको अन्तिममा रचनात्मक काममा मन जानेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ । बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ । साताको मध्यमा विद्यार्थीहरूलाई पढाइमा ऊर्जा उत्साह वा लक्ष्य प्राप्तिलाई लिएर प्रतिबद्धता बढ्नेछ । आर्थिक पक्ष सबल रहनेछ । साताको अन्त्यमा पारिवारिक वातावरणमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा प्रतिष्ठित कार्य गर्ने समय रहेको छ । रोकिएको कार्य पुन: प्रारम्भ हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा संयमता र सरल भाषाको प्रयोग गर्नुहोला । विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ । साताको अन्तिममा साहसिक कार्य गर्ने समय रहेको छ । पुरानो रोकिएको पैसा फिर्ता हुनेछ भने भाग्यको साथ पाइनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । साताको मध्यमा जीवनसाथीको साथ र सहयोग पाइनेछ । सामाजिक सेवामूलक कामले समाजमा नाम स्थापित गराउनेछ । साताको अन्तिममा धन लाभका नयाँ बाटोहरू प्रशस्त खुल्नेछन् । कार्य क्षेत्रमा अधिकारी वर्गहरूको साथ मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा पुरुषार्थ देखाएर लाभ उठाउने समय रहेको छ । लगनशीलताले लक्ष्य प्राप्ति गर्न सकिनेछ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । माननीय जनहरूको कुरालाई वेवास्था नगर्नुहोस् । साताको अन्त्यमा कार्यक्षेत्रमा आफ्नो प्रभुत्व स्थापित गर्न सकिनेछ । आफन्तहरू मध्य स्वादिष्ट भोजन संगै मिठा कुराकानीमा मन रमाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा नोकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग पाइनेछ । पिताको सहयोगले व्यापार विस्तारमा सहायता मिल्नेछ । साताको मध्यमा मेहनतीहरूको लागि समय उत्तम रहेको छ । शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिएला । साताको अन्तिममा कामको मेसो नमिल्दा कार्य क्षेत्रमा पछि परिनेछ । अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला ।




