मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नुका साथै स्वास्थ्य सम्बन्धी समस्यामा धन खर्च हुनेछ । साताको मध्यमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कार्यको शुभारम्भ गर्न सकिनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा सोचेभन्दा राम्रो सफलता हात लाग्ला । भाषण वा अभिव्यक्ति कलामा निखार आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा करियरलाई लिएर नयाँ अवसरहरू मिल्नेछन् । व्यक्तिगत चाहना पूरा गर्न सञ्चित धन खर्च गर्नुपर्ला । साताको मध्यमा अध्यात्म ज्ञानमा निखार आउनेछ । स्वास्थ्यलाई लिएर आहारविहारमा सजगता अपनाउनुहोस् । साताको मध्यमा प्रशासनिक वा राज्यपक्षबाट रोकिएका कार्यहरू सम्पादन हुनेछन् । व्यापार व्यवसायमा नयाँ अनुबन्धहरू मिल्नाले मन प्रसन्न हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ । अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन् । साताको मध्यमा परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । साताको अन्तिममा कार्य क्षेत्रमा धेरै भागदौड गर्नुपर्ला । लगनशीलताले मान सम्मान प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा धर्म कर्ममा मन लाग्नेछ । रोकिएको काम बन्नाले अरु कामतर्फ अग्रसर भइनेछ । साताको मध्यमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । पिताको सहयोगले कठिन कार्य सम्पादन होला । साताको अन्तिममा व्यक्तिगत काममा सफलता मिल्नेछ । विद्यार्थीहरूलाई पढाइमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर सचेत रहनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । मन अप्रसन्न रहनेछ । साताको मध्यमा प्रतिष्ठित कामले समाजमा मान सम्मान बढ्नेछ । शिक्षालाई लिएर विदेशतिरको मार्गमा सकारात्मक संकेत देखिएला । साताको अन्तिममा विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ । महत्वपूर्ण योजना गोप्य राखेर अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ रहनेछ । स्वास्थ्य सबल रहनेछ । साताको मध्यमा आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । पहिलाका कमी कमजोरी बाहिरिनाले प्रतिष्ठामा समस्या पर्ला । श्रमको उचित मूल्यांकन नमिल्ला । साताको अन्तिममा आफ्नो व्यवहार वा कार्य कुशलताले अरुको मन जित्न सकिनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा अस्वस्थ अवस्थामा पनि जिम्मेवारी वहन गर्नुपर्ला । दिएको ऋण फिर्ता लिने समय रहेको छ । साताको मध्यमा व्यापार व्यवसायमा जीवन साथीको सहयोग मिल्नेछ । काममा विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नेछ । साताको अन्तिममा शत्रुहरू सक्रिय रहनेछन् । आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा शैक्षिक क्षेत्र फराकिलो हुनाले निर्णय लिने क्षमतामा विकास हुनेछ । मनमा परोपकारको भावना जागृत होला । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोस् । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । साताको अन्तिममा जीवन साथीबाट उपहार पाइएला । टाढिएका आफन्तहरू नजिकिनेछन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा व्यावहारिक पक्ष निभाउन संचित रकम खर्च गर्नुपर्ला । फजुल खर्चदेखि जोगिनुहोस् । साताको मध्यमा शिक्षाको सन्दर्भमा गुरुजनहरूको साथ पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । साताको अन्तिममा राज्य पक्ष वा प्रशासनद्वारा दण्ड वा जुर्माना लाग्ला, सावधान रहनुहोस् । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा साहसिक कार्य गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । आत्म विश्वासमा वृद्धि हुनेछ । साताको मध्यमा कार्य क्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ । पारिवारिक सद्भावमा वृद्धि हुनेछ । साताको अन्तिममा अप्ठ्यारा चुनौतीहरूको भित्र पनि नयाँ अवसर खोजिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा सञ्चित रकममा वृद्धि हुनेछ । छर छिमेकीसँग राम्रो सम्बन्ध स्थापित गर्न सकिनेछ । साताको मध्यमा आफन्तहरूको सहयोग मिल्नाले मनोबल उच्च रहनेछ । कानुनी मुद्दा मामलामा विजयी भइनेछ । साताको अन्तिममा पुरानो स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । राजनीतिक क्षेत्रमा नयाँ पदीय जिम्मेवारी प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा धैर्य वा पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ । अरुको विश्वास जित्न नसकेपनि दिगो लाभ हुने कार्य हात लागि हुनेछ । साताको मध्यमा कृषि वा घरेलु कामकाजमा धेरै व्यस्त भइनेछ । बोलिको माध्यमले कठिन कार्य पनि सिद्ध गर्न सकिनेछ । साताको अन्तिममा आफूभन्दा साना प्रति आत्मीय भाव जाग्नेछ । स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला ।




