मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । मेहनतले परिस्थितिलाई आफ्नो अनुकुल बनाउन सक्नुहुनेछ । साताको मध्यमा माताको स्वास्थलाई लिएर चिन्ता रहनेछ । पारिवारिक जिम्मेवारी निभाउन सञ्चित रकम खर्च गर्नुपर्ला । साताको अन्तिममा विद्यार्थीहरूलाई अध्ययनमा मन लाग्नेछ । नँया कुरा पाउन केहि वस्तु त्याग गर्नुपर्ला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा आयमा वृद्धि हुनेछ । महत्वपूर्ण निर्णयहरू प्रारम्भ गर्न सकिनेछ तर कामलाई लिएर आफन्तहरूबाट टाडिनुपर्ला । साताको मध्यमा व्यापार व्यवसायमा छोटो समयमा राम्रो उपलब्धि हात पार्न सकिनेछ । कार्य प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह लिनुहोला । साताको अन्तिममा स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । रचनात्मक कार्यतिर मन जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा आय आर्जनका नयाँ स्रोतहरू फेला पार्न सकिनेछ । तत्काल लाभ नभएतापनि पछिको लागि जग बसाउने समय रहेको छ । साताको मध्यमा बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ । संगीत वा कलाको क्षेत्रमा रुचि बढ्नेछ । साताको अन्तिममा शत्रु र प्रतिस्पर्धीहरूलाई पछि पार्न सक्नुहुनेछ । रोकिएका काम बन्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा व्यापार व्यवसायमा नयाँ लगानी लगाउन संचित रकम खर्च गर्नुपर्ला । रोजगारीको लागि संघर्ष गर्नुपर्ला । साताको मध्यमा प्रतिष्ठित कामले समाजमा नाम स्थापित गराउला । कानुनी पक्ष सबल रहनेछ । साताको अन्तिममा विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ । कृषि वा ठेकापट्टाको कामबाट लाभ आर्जन गर्न सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ । आर्थिक पक्षको समस्याको समाधान हुनेछ । साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । चलिरहेको काममा प्रशासनिक अवरोध आउला, सावधान रहनुहोस् । साताको अन्तिममा कार्यक्षेत्रमा आफ्नो प्रतिभालाई प्रदर्शन गर्ने अवसर मिल्नेछ । पारिवारिक जमघटको बीच रमाइलो भोजनको आनन्द मिल्ला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा शत्रु वा प्रतिपक्षमाथि विजयी भइनेछ । नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग पाइनेछ । साताको मध्यमा मेहनत वा परिश्रमले मान सम्मान दिलाउनेछ । उठ्नुपर्ने रकम हात लागि हुनेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर सजग रहनुहोला । अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा प्रयत्न गर्दा नयाँ उपलब्धी हात लागि हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । साताको मध्यमा नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ । व्यापार व्यवसायमा पहिला जस्तो लाभ उठाउन सकिनेछ । साताको अन्तिममा दाजुभाईमा आत्मीयता बढ्नेछ । पुरुषार्थद्वारा उपलब्धि हात पार्ने मौका रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कार्यक्षेत्रमा अरुको भर परेर काम अधुरो नछोड्नुहोला । स्वास्थ्य कमजोर रहनेछ । साताको मध्यमा विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ । विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ । साताको अन्तिममा नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग पाइनेछ । चिताएको कार्य सम्पादन हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा दाम्पत्य जीवन सुमधुर रहनेछ । मेहनत वा लगनशीलताले शत्रुहरु हार खानेछन् । साताको मध्यमा अध्यात्ममा रुचि वा माननीय गुरुजनहरूको दर्शनको अवसर प्राप्त होला । आर्थिक पक्ष सामान्य रहनेछ । साताको अन्तिममा व्यापार विस्तारलाई लिएर योजनाहरू कोरिनेछन् । साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । सवारी सञ्चालनमा सावधान रहनुहोला । साताको मध्यमा व्यापार व्यवसायमा जीवन साथीबाट सहयोग प्राप्त हुनेछ । आफन्तहरूको सहयोग जुट्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन गर्न सकिएला । साताको अन्तिममा स्वास्थ्य सम्बन्धी पुरानो समस्याले सताउनेछ । परिस्थिति वा विषयवस्तुले आफन्तहरूबाट टाढिनुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा शैक्षिक योग्यतामा प्रगति हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । कार्य क्षेत्रमा विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ला । साताको अन्तिममा साझेदारी व्यापारमा लाभ रहनेछ । महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा लगनशीलताले लक्ष्य प्राप्ति गर्न सकिएला । कार्य क्षेत्रमा काम दोहोराएर गर्नुपर्ला । साताको मध्यमा विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । साताको अन्तिममा विपरीत परिस्थितिमा पनि धैर्यताको साथ काममा जुट्नुहोला, सफलता मिल्नेछ । अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला ।




