मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा दाम्पत्य जीवन सुमधुर रहनेछ । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । साताको मध्यमा अबसरको खोजीमा दौडधुप गर्नुपर्ला । आशावादीहरूले झुक्याउन सक्लान् । साताको अन्तिममा उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो सातामा तपाईको लागि कार्य क्षेत्रमा राम्रो उन्नतिका अवसरहरू रहेका छन् । आयमा वृद्धिका योगहरू रहेका छन् भने आर्थिक पक्ष सबल रहने छ । दाई र दिदीको माध्यमबाट कुनै विशेष कार्य सम्पन्न हुने सम्भावना रहेको छ । साताको अन्तिममा लगानीको लागि समय उपयुक्त छैन । विद्यार्थी वर्गहरूको पढाइमा राम्रो स्थिति रहेको छ । आत्मविश्वासमा वृद्धिका साथै मनोबल पनि राम्रो रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता तपाईले आफ्नो व्यक्तिगत जीवनमा ध्यान दिनुपर्ने हुन्छ । आध्यात्मिक क्षेत्रमा समय बिताउन सक्नुहुन्छ । सञ्चित धनमा वृद्धि हुनका साथै व्यापार र व्यवसायमा विस्तार हुनेछ । परिवारमा स्वास्थ्य सम्बन्धित समस्या रहन सक्छ । साताको अन्तिममा केही ठोस निर्णयहरू लिन सक्नुहुने छ । विद्यार्थी वर्गहरूको साहसमा वृद्धि हुने छ साथै आत्मविश्वास पनि बढ्ने छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
समाजमा मान सम्मान बढ्नेछ । घरेलु आवश्यकताको पूर्तिमा धन खर्च हुनेछ । साताको मध्यमा घरमा मांगलिक कार्यले मन प्रसन्न रहनेछ । मठ मन्दिर वा देवस्थानको यात्रा हुनेछ । प्रेम सम्बन्धमा प्रेम जताउनुहोस्, सफलता मिल्नेछ । साताको अन्तिममा व्यापारभन्दा सेवा मुलुक कामबाट लाभ पाइनेछ । शेयर मार्केटको लगानीबाट लाभ मिल्नेछ । नोकरी वा पेशामा नयाँ कार्य थप हुनेछ । लामो यात्रा कष्टपूर्ण रहन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा भाग्यको अपेक्षा कर्ममा विश्वास राखेर रोकिएका कार्य प्रारम्भ गर्नुहोस् सफलता मिल्नेछ । व्यापार विस्तारको लागि थप लगानी लगाउने अवसर मिल्नेछ । साताको मध्यमा भौतिक सुखमा वृद्धि हुनेछ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक पक्ष मजबुत रहनेछ । साताको अन्तिममा अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ साथै घर परिवारमा रमाइलो जमघट रहनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछ । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । साताको अन्तिममा मन ऊर्जावान रहनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । अध्ययनमा प्रगति हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा कार्य क्षेत्रमा कार्य कुशलताले अधिकारी वर्गहरु प्रभावित रहनेछन् । घर परिवारसंग भ्रमणको योग रहेको छ । अध्यापनको क्षेत्रबाट सम्मान पाइनेछ । साताको मध्यमा नयाँ व्यापार प्रारम्भ गर्नुभन्दा अघि माता पिता वा जानकारको सल्लाह अवश्य लिनुहोला । साताको अन्तिममा व्यापार व्यवसायमा सहयोगीहरूको सहयोगले गर्दा रोकिएका काम प्रारम्भ हुनेछन् । आयका नयाँ स्रोतहरू बन्नेछन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा आफन्तहरूसित रमाइलो समय बित्नेछ । छरछिमेकीसंग बोल्दा बाणीको ध्यान राखौं । व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन् । साताको मध्यमा जीवन साथीसंग मनमुटाव रहनेछ । नोकरी वा पेशामा सहयोगीहरूसित नउल्झिनुहोस् । साताको अन्तिममा व्यापार व्यवसायमा थोरै मेहनतले पनि अप्ठ्यारो कार्य सम्पादित हुनेछ । श्वासप्रश्वास सम्बन्धी समस्या बढ्नेछ । कार्य क्षेत्रमा मित्रवर्गहरूको सहयोग मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा सकरात्मक विचारले मन प्रसन्न रहनेछ । सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । साताको मध्यमा पेट सम्बन्धी समस्या देखा पर्न सक्ला, खानपानमा विशेष ध्यान दिनुहोला । सवारी साधनमा धन खर्च हुनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ ।कार्य क्षेत्रमा नयाँ अवसरको प्रयत्न गर्नुहोला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
नोकरी वा पेशामा शत्रुहरू बढ्नेछन् । वित्तीय लेनदेनमा समस्या आउन सक्छ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । साताको मध्यमा आर्थिक कारोबारमा विस्तारका नयाँ अवसरहरू आउनेछन् । जीवन साथीको स्वास्थ्यमा सुधार आउनेछ । साताको अन्तिममा अप्रिय समाचारले मन अशान्त हुन सक्छ । आफ्नो महत्वकांक्षा पूरा गर्नमा गाह्रो हुनेछ । बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस् ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको मध्यमा व्यापार व्यवसायमा हानि हुने सम्भावना छ । साताको अन्तिममा राजनीतिक क्षेत्र वा सामाजिक क्षेत्र दुवैतिर मान प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापारको विस्तारको लागि समय अनुकूल रहेको छ । स्वास्थ्यको लागि विश्राम र खानपानमा ध्यान दिनुहोला । दाम्पत्त्य जीवनमा मनमुटाव हुन सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा हजुरलाई स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । परिवारसंग मनमुटाव रहनेछ । वैदेशिक काममा समय अनुकूल नहोला । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । धार्मिक यात्रा गर्नुपर्ला । साताको अन्तिममा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नोकरी वा पेशामा अधिकारीहरूबाट सम्मान पाइनेछ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनको लागि यो सप्ताह राम्रो रहनेछ ।




