मेष
मेष राशिका जातकहरूका लागि फेब्रुअरी महिनाको सुरुवात अत्यन्तै शुभ रहनेछ । महिनाको पहिलो सातामै कुनै सुखद समाचार प्राप्त हुन सक्छ, जसले तपाईंको जीवनमा खुशी ल्याउनेछ । यस अवधिमा तपाईंले गरेको मेहनतको पूरा फल प्राप्त हुनेछ । करिअर र व्यवसायको दृष्टिले पनि समय अनुकूल रहनेछ । कार्य क्षेत्रमा वरिष्ठको प्रशंसा र कनिष्ठको सहयोग प्राप्त हुनेछ ।
वृष
वृष राशिका जातकहरूका लागि फेब्रुअरी महिनाको सुरुवात निकै शुभ रहनेछ । सोचेजस्तै काम समयमै सम्पन्न हुँदा तपाईंभित्र उत्साह र आत्मविश्वास बढ्नेछ । जुनसुकै काममा हात हाल्दा सहयोग र सफलता दुवै प्राप्त हुनेछ । जग्गा घर वा सवारी साधनको सुख प्राप्त हुने सम्भावना छ । ठूला निर्णयमा परिवारको पूरा साथ मिल्नेछ ।
मिथुन
मिथुन राशिका जातकहरूका लागि फेब्रुअरी महिना शुभता र लाभदायक रहनेछ । महिनाको सुरुवातमै लामो समयदेखि रोकिएको काम पूरा हुँदा हर्षको अनुभूति हुनेछ । भाग्यले साथ दिनेछ र कार्य क्षेत्रमा ठूलो जिम्मेवारी प्राप्त हुन सक्छ । असम्भवजस्तो देखिने काम पनि वरिष्ठ र कनिष्ठको सहयोगमा पूरा गर्न सफल हुनुहुनेछ ।
कर्कट
कर्कट राशिका जातकहरूले फेब्रुअरीको सुरुवातमा करिअर र व्यवसाय सम्बन्धी महत्वपूर्ण निर्णय लिन सक्नुहुन्छ । यद्यपि, यस्ता निर्णय गर्दा गहिरो सोच विचार आवश्यक हुनेछ, किनकि यसले भविष्यमा ठूलो प्रभाव पार्न सक्छ । कला, लेखन र पत्रकारितासँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय अत्यन्त अनुकूल रहनेछ ।
सिंह
सिंह राशिका जातकहरूले फेब्रुअरी महिनामा स्वास्थ्य र सम्बन्ध प्रति विशेष ध्यान दिनुपर्नेछ । तपाईंको बोलीले नै सम्बन्ध बिग्रन वा सुध्रन सक्छ, त्यसैले घर वा कार्य क्षेत्र जहाँ भएपनि व्यवहारमा नम्रता अपनाउनुहोस् । रोजगारी र व्यवसायमा अनुकूलता रहनेछ र अपेक्षित सफलता प्राप्त हुनेछ । तर कसैसँग विवादमा नपर्नुहोस्, नत्र प्राप्त सफलताले पनि मन सन्तुष्ट नहुन सक्छ ।
कन्या
कन्या राशिका जातकहरूका लागि फेब्रुअरी महिना अत्यन्त शुभ रहनेछ । महिनाको सुरुवातमा सुख सुविधासँग सम्बन्धित वस्तुमा ठूलो खर्च हुन सक्छ । लामो समयदेखि घर, जग्गा वा सवारी साधन किन्न चाहनुभएको छ भने इच्छा पूरा हुन सक्छ । आम्दानी राम्रो भएपनि खर्चको मात्रा बढी हुँदा आर्थिक सन्तुलन केही कमजोर हुन सक्छ ।
तुला
तुला राशिका जातकहरूका लागि फेब्रुअरी महिना उतार चढावयुक्त रहनेछ । महिनाको सुरुवात अनुकूल रहेपनि दोस्रो सातादेखि केही बाधा र चिन्ताले सताउन सक्छ । करिअर र व्यवसायमा चुनौती आउन सक्छ । घर परिवारका सदस्यसँगको विवादले मानसिक तनाव बढाउन सक्छ, जसको असर कामकाजमा पनि देखिन सक्छ । संयम र धैर्य अपनाउनु आवश्यक हुनेछ ।
वृश्चिक
वृश्चिक राशिका जातकहरूका लागि फेब्रुअरीको सुरुवात केही चुनौतीपूर्ण रहन सक्छ । सफलता प्राप्त गर्न अतिरिक्त मेहनत गर्नुपर्नेछ । कार्य क्षेत्रमा कामको बोझ बढ्न सक्छ र व्यवसायमा प्रतिस्पर्धीबाट कडा चुनौती मिल्न सक्छ । तर निरन्तर प्रयासले यी समस्याबाट पार पाउन सक्नुहुन्छ । करिअर एवम् व्यवसायमा सकारात्मक परिणाम देखिन थाल्नेछ ।
धनु
धनु राशिका जातकहरूका लागि फेब्रुअरीको सुरुवात सफलता र शुभ समाचार लिएर आउनेछ । करिअर र व्यवसायमा सकारात्मक सूचना प्राप्त हुनेछ । विदेशमा करिअर वा व्यापार गर्न चाहनेहरूलाई सफलता मिल्नेछ । आईटी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय अनुकूल छ । महिनाको मध्यतिर धन व्यवस्थापनमा सावधानी आवश्यक हुनेछ, नत्र अनावश्यक खर्चले चिन्ता बढ्न सक्छ ।
मकर
मकर राशिका जातकहरूका लागि फेब्रुअरी महिना मिश्रित फलदायी रहनेछ । महिनाको सुरुवातमा करिअर र व्यवसायमा केही अवरोध आउन सक्छ । आर्थिक रूपमा पनि चुनौती देखिन सक्छ । तर दोस्रो साताको उत्तरार्धतिर परिस्थिति सुधार हुँदै जानेछ । कुनै योजना वा लगानी गर्दा अनुभवी व्यक्तिको सल्लाह अवश्य लिनुहोला ।
कुम्भ
कुम्भ राशिका जातकहरूले फेब्रुअरी महिनामा भाग्यभन्दा बढी आफ्नै कर्ममा विश्वास गर्नुपर्नेछ । काम अरूको भरोसामा छोड्नुको सट्टा आफैं सक्रिय हुन आवश्यक छ । जागिरेहरूले काम टार्ने बानी त्याग्नुपर्छ भने व्यवसायीहरूले सोच विचार नगरी लगानी नगर्नुहोस् । शेयर बजार, सट्टा वा लटरीमा विशेष गरी महिनाको पहिलो भागमा जोखिम नलिनुहोला ।
मीन
मीन राशिका जातकहरूका लागि फेब्रुअरी महिना उन्नति र नयाँ अवसर लिएर आउनेछ । समय र ऊर्जाको सही व्यवस्थापन गर्न सके ठूलो उपलब्धि हात पार्न सक्नुहुन्छ । सुरुवातमा कार्य क्षेत्रका विरोधी वा व्यवसायिक प्रतिस्पर्धीबाट चुनौती आउन सक्छ, तर विवेक र साहसले सामना गर्न सक्नुहुन्छ । रोजगारीको खोजीमा रहेका व्यक्तिहरूले राम्रो अवसर पाउनेछन् ।




