वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका ७ मा रहेको प्रेस्टिज भिनाइल इन्डस्ट्रिजमा मंगलबार बिहान आगलागी भएको छ । रेक्जीन कपडा उत्पादन गर्ने सो उद्योगमा बिहान पौने १२ बजे आगलागी भएको उद्योग सञ्चालकले जानकारी गराएका छन् ।
उद्योग सञ्चालकका अनुसार उद्योग सञ्चालनको क्रममा आगलागी भएको र सोबाट करीब पौने दुई करोड रुपैयाँको प्रारम्भिक क्षति भएको आकलन गरिएको छ ।
उद्योगमा रहेको मुख्य पार्ट रोलर मेशीन आगलागीमा परेर पूर्णरूपमा क्षतिग्रस्त भएकोले अर्को रोलर मेशीन नआउन्जेलसम्म उद्योग सञ्चालनमा आउन नसक्ने बताए । उद्योगमा करिब ७० जना मजदूर प्रत्यक्षरूपमा कार्यरत छन् ।






