मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ । आर्थिक निर्णयहरूमा स्पष्टता आउनेछ । प्रशासनिक र व्यवसायिक क्षेत्रमा पनि राम्रो सफलता मिल्नेछ । आर्थिक निर्णयहरूमा भ्रमको स्थिति र कार्यहरू समयमा सम्पादन नहुने र सम्पादन भएको कार्यमा त्रुटिहरु देखा पर्नेछ । परिवारबाट सोचेजस्तो सहयोग मिल्नेछ । पढाइको दृष्टिले यो महिना प्रगतिशील रहनेछ । लक्ष्य प्राप्तिमा मित्रहरूको सहयोग मिल्नेछ । प्रेम सम्बन्धमा आपसी समझदारी राम्रो रहनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । सरकारी कामकाजमा खर्च बढ्नेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । आयआर्जनका नयाँ अवसरहरू प्राप्त हुनेछन् । पारिवारिक र वैवाहिक सम्बन्ध सौहार्दपूर्ण रहनेछ । जीवनसाथीसँग मधुर सम्बन्ध स्थापित हुनेछ । व्यवहारमा आकर्षण र मधुरता बढ्नेछ । विद्यार्थीहरूको पढाइमा एकाग्रताको कमी रहनेछ । कार्य क्षेत्रमा सञ्चार सम्बन्धी समस्या देखापर्ला । स्वास्थ्यलाई लिएर रक्तचाप र टाउको दुख्ने सम्बन्धी समस्या देखापर्ला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । आयआर्जनका नयाँ बाटोहरू खुल्नेछन् । कार्य क्षेत्रमा उपलब्धि र लाभ प्राप्त गर्न सकिनेछ । खर्चमा वृद्धि र पारिवारिक सम्बन्धमा भावनात्मक कमजोरी र प्रेम सम्बन्धमा गलतफहमीको सम्भावना रहेको छ । विद्यार्थीहरूको लागि यो महिना उत्तम सिद्ध हुनेछ । सरकारी जागिर आदिमा पदोन्नतिको योग छ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा राम्रो प्रगति हुनेछ । उच्च शिक्षामा रुचि बढ्नेछ । स्वास्थ्यको दृष्टिकोणले हेर्दा महिना सामान्य रहेको छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ । आर्थिक क्षेत्रमा सुधारको संकेत देखिनेछ । राजनीतिक व्यवस्थापन र नेतृत्व गर्ने जस्ता विषयहरूमा राम्रो प्रभाव छोड्न सकिनेछ । शेयर बजार र नेटवर्क मार्केटिंको क्षेत्रमा सफलता मिल्नेछ ।विद्यार्थीहरूको शैक्षिक क्षेत्र फराकिलो हुनाले बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ । करियरको दृष्टिकोणले यो समयमा सकारात्मक सुरुवात गर्न सक्नुहुनेछ । स्वास्थ्यमा सानोतिनो मौसमी बिमारीको समस्या देखा पर्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिह राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ । जीवनमा नयाँ अवसरहरू प्राप्त हुनेछन् । साहसिक र नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ । वैवाहिक जीवनमा जीवन साथीसँग राम्रो सम्बन्ध स्थापित हुनेछ । सन्तानसँगको विवाद र पारिवारिक तनावको स्थितिमा सुधार हुनेछ । चुनौतिपूर्ण र विवादास्पद समस्याहरू व्यहोर्नु पर्ला । स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ । सवारी साधन चलाउँदा होसियार रहनुहोस् । सङ्क्रमण र भाइरल आदिबाट जोगिनुहोस् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि समय सामान्य रहेको छ । पुरानो ऋण तिर्ने अवस्था आउन सक्छ । अनुसन्धानको विषयमा सफलता मिल्नेछ । भाग्यको सहयोग मिल्नेछ र आर्थिक स्थितिमा सुधार आउनेछ । पारिवारिक र वैवाहिक सम्बन्धमा वादविवादले आक्रोशको भावना उत्पन्न हुनेछ । विद्यार्थीहरूलाई पढाइमा अस्थिरता र निर्णयहरूमा भ्रमको स्थिति उत्पन्न होला । प्रेम सम्बन्धमा सुधारका सकारात्मक संकेत देखिनेछन् । स्वास्थ्यको दृष्टिकोणले मानसिक तनाव र मौसमी बिमारीबाट जोगिनुहोस् ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो महिना सकारात्मक रहनेछ । व्यापारबाट आयका् नयाँ अवसरहरू प्राप्त हुनेछन् । दाम्पत्य जीवनमा जीवन साथीसँग मधुर सम्बन्ध स्थापित गर्न सकिनेछ । यात्रा गर्दा र सवारी साधन चलाउँदा सतर्क रहनु उपयुक्त हुन्छ । पुरानो समस्याको समाधान हुनेछ भने अध्यात्मतर्फ रुचि बढ्नेछ । जीवन साथीको भावनात्मक कुरालाई पनि बुझ्ने प्रयास गर्नुहोस् । स्वास्थ्यको दृष्टिकोणले शारीरिक थकान र टाउको दुख्ने सम्बन्धी समस्याले सताउन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि समय राम्रो छ । रोजगारी र कार्य क्षेत्रमा मेहनतीहरूको लागि समय अनुकूल रहनेछ । आँटेका अधुरा कामहरू पूरा गर्न सकिनेछ । प्रेम र दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध स्थापित गर्न सकिनेछ । सृजनात्मक र रचनात्मक क्षेत्रतिर मान प्रतिष्ठा बढ्ने वा आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ । भावनात्मक सम्बन्ध कमजोर हुने र घर परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ । स्वास्थ्यको दृष्टिकोणले पाचन सम्बन्धी समस्या देखा पर्ला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ । सन्तान र प्रेम सम्बन्ध तथा सिर्जनात्मक क्षमतामा विशेष वृद्धि हुनेछ । विद्यार्थीहरूको बौद्धिक क्षमतामा वृद्धि हुनेछ । वैवाहिक जीवनमा सानोतिनो तनाव र व्यवहारिक पक्ष कमजोर देखिनेछ । वित्तीय वा सहकारी संस्थाबाट भनेजस्तो लाभ प्राप्त गर्न नसकिएला । विद्यार्थीहरूको एकाग्रतामा कमी देखिनेछ । स्वास्थ्यको दृष्टिकोणले छाती दुख्ने समस्या र मानसिक चिन्ताले अनिन्द्राको समस्या रहन सक्छ, सचेत रहनुहोस् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । घर परिवार र मातासँगको सम्बन्धमा मानसिक तनाव रहन सक्छ । पारिवारिक विषय वस्तुमा सानो कुरालाई लिएर विवाद वा मतभेद हुने सम्भावना रहेको छ । आर्थिक दृष्टिले घर जग्गा र साधन आदिमा खर्च हुन सक्छ । नयाँ सामान खरिद गर्ने सम्भावना रहेको छ । कृषि र पशुपालनबाट विशेष लाभ आर्जन गर्न सकिएला । स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ । रक्तचाप सम्बन्धी समस्या र मानसिक चिन्ताले सताउनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ । घर परिवारमा सम्मान बढ्नेछ । सुरक्षा र नेतृत्व सम्बन्धी कामतर्फ आकर्षण देखिनेछ । पारिवारिक सम्बन्धमा प्रगाढता आउनेछ । समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् । आफ्नो विचारले अरुलाई प्रभावित पार्न सकिनेछ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा स्मरणशक्तिमा कमीको अनुभूति हुनेछ । स्वास्थ्यको दृष्टिकोणले यो महिना मिश्रित रहनेछ । खुट्टा दुख्ने र आँखा सम्बन्धी समस्या देखा पर्ला । नियमित व्यायाम र खानपानमा सतर्कता अपनाउनुहोस् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । आयका नयाँ बाटोहरू खुल्नेछन् । राजनीतिक सम्बन्धी काममा सफलता मिल्ने सम्भावना रहेको छ । व्यापार व्यवसायमा बोलिको प्रभावले आफ्नो कार्य सिद्ध गर्न सकिनेछ । अरुसँग मतभेद हुनाले मनमा विद्रोहको भाव उत्पन्न हुन सक्छ । नयाँ जिम्मेवारीले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सन्तानको माध्यमबाट सुखद समाचार मिल्नेछ । स्वास्थ्यको दृष्टिकोणले आँखा, दाँत र घाँटी सम्बन्धी समस्या देखापर्ला ।




