सर्लाही । सर्लाहीको हरिवन नगरपालिका १ बिलन्दी टोलमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई घर तथा घरभित्र रहेका सामान पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
शुक्रबार बिहान करिब ९ बजे स्थानीय दिवश बम्जनको काठले बनेको दुई तले घरको भान्सा कोठामा खाना पकाउने ग्यास सिलिन्डर लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएपनि घर, लत्ता कपडा, अन्नपात, भाडाकुँडा, गरगहना तथा फर्निचर पूर्ण रुपमा जलेर नष्ट भएको छ । उनका अनुसार क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ ।
आगलागी इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोली, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवनबाट खटिएको टोली तथा श्री कालीध्वज गण पाँचकुमारी ब्यारेकबाट दमकलसहित खटिएको संयुक्त टोली र स्थानीय वासीको सहयोगमा बिहान ९ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।






