एजेन्सी । हिन्दू धर्म अनुसार कुनै युवतीलाई ३२ गुणले युक्त भएको मानिनु भनेको ऊ पूर्ण रुपमा उत्कृष्ट हुनु भन्ने बुझिन्छ । सामाजिक रुपमा पनि ३२ गुणले युक्त भएको या नभएको भन्दै युवतीको तुलना गर्ने चलन छ ।
विवाहका बेला वर र वधुको चिना मिलाउँदा पनि युवतीको गुणलाई महत्त्व दिइएको पाइन्छ । ३२ गुणले युक्त भएकी नारीलाई सर्वश्रेष्ठ मानिन्छ । हिन्दू शास्त्रले कस्ता युवतीलाई ३२ गुणले युक्त भनेको छ त रु आऊनुस् यसबारेमा जानौंः
यी हुन् महिलामा खोजिने ३२ गुण
पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु, हातका औँला लामा–लामा हुनु, औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु, छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु, शरीरमा विभिन्न सात सुगन्ध हुनु,हरिणका जस्ता फिला हुनु, गुप्ताङगहरु गुप्त रहनु, शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु, शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु, काँध पुष्ट, चौडा र गोलो हुनु, पाखुरा राम्ररी फर्कने हुनु, पाखुरा लामा हुनु, सम्पुर्ण शरीर तेजोमय हुनु, शंख समान घाँटी हुनु, सोझो र सिंहको जस्तो चिउँडो हुनु रहेका छन् ।
यस्तै ३२ वटा दाँत हुनु, चम्किला र टमक्क जोडिएका दाँत हुनु, समान मिलेका दाँत हुनु,बङ्गारा स्वच्छ र सुन्दर हुनु, जिब्रो लामो हुनु, विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु, पातलो (सुरिलो) स्वर हुनु, विभिन्न विषयमा ज्ञानको चासो राख्न खोज्नु, कुरा (बाचा) मा अडिक रहनु, आँखीभौँका बीच रौँका कोमल र सूक्ष्म रेखा हुनु, मिलेको कपाल हुनु, अल्छी नहुनु, अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु, शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु, चमक्क चम्किने केश हुनु, स्वभाव लज्जालु हुनु, दुढ आत्मविश्वास हुनु पनि ३२ गुणभित्र पर्दछन् ।






