रौतहट । रौतहटको कटहरिया नगरपालिका ९ डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन् । लामो समय बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले खोजीमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ ।
परिवारले लखिन्द्र एक दिन घर फर्केर आउने आशा अझै मारेको छैन । दिन बित्दै गएपनि उनी सकुशल घर फर्किने प्रतीक्षा भने सकिएको छैन । परिवारजनले उनलाई खोज्ने प्रयास जारी राखेका छन्, तर अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
परिवारको आशा र प्रतीक्षाबीच लखिन्द्रलाई कतै देख्नुभएका वा उनीबारे कुनै जानकारी पाउनुभएका व्यक्तिलाई सहयोग गरिदिन आग्रह गरिएको छ । लखिन्द्र कुमार यादवबारे कुनै जानकारी भएमा ९८२२२८९१०८ नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।
उनको खोजीमा सहयोग पुग्ने उद्देश्यले परिवारले सूचना सकेसम्म धेरै व्यक्तिसम्म पुर्याइदिनसमेत आग्रह गरेको छ । तपाईंको एउटा सूचना वा सहयोगले लामो समयदेखि प्रतीक्षामा रहेको परिवारलाई आफ्ना प्रियजनको खबर मिल्न सक्छ ।




