एजेन्सी । निन्द्रामा आवाज, चित्र र भावनाको अनुभव हुनु नै सपना हो । सपनाको वैज्ञानिक अध्ययनलाई ओनेइओलोजि भनिन्छ । सुतिरहेको बेलामा मानिसको दिमागमा एक चरणमा पुगेपछि, तस्वीर, शब्द, आदिको भ्रम जस्तो दिमागमा पैदा हुन्छ ।
मानिसहरूले ज कुरा सुत्ने बेलामा सोचेर सुत्छ, त्यहि कुराको बारेमा सपना देख्छ भन्ने पनि मान्यता (विश्वास) रहेको छ । यो सबै सपनामा देखिने कुराहरु मानिसको जीवनसँग सम्बन्धित पनि हुन्छ सक्छ र नहुन पनि सक्छ ।
सपनामा के देखेमा कस्तो फल मिल्छ ?
-आफ्नो खुट्टा देखेमा– समाजमा लोकप्रियता समाप्त हुने ।
-पान, दही, वस्त्र, शंख, मोती, चामेलीको फूल, बृक्ष, बकुल, कुन्द वा कमल देखेमा – धन प्राप्त हुने ।
-विभिन्न समस्यामा फसेको देखेमा – जीवन तथा ब्यापारमा कठिनाईको सामना गर्नुपर्ने ।
-सगोत्रीसँग वा मित्रसँग कुत्सित सम्बन्ध स्थापित गरेको देखेमा – ठुलो बिरामी पर्ने ।
-यात्रा गरेको देखेमा – जीवनमा निराशा वा आफ्नो योजना कार्यान्वयन गर्नमा असफल हुन्छ ।
-सुन देखेमा – अनेक कठिनाई हुने रोगब्याध हुने, धन सम्पत्तिको हानी हुने ।
-चाँदी देखेमा – प्रेममार्गमा निराशा पैदा हुने तथा विश्वासघात हुने ।
-समाचार पत्रमा मृत्युको समाचार पढेको देखेमा– धन हानी हुने ।
-फलाम देखेमा – परिश्रम गरेर धनवान हुने ।
-तामा देखेमा– यात्रा गर्दा दुर्घटना हुने ।
-चर्को चर्को कराइरहेको आवाज सुनेमा – परिवारमा झगडा हुने ।
-आफु नांगो देखेमा – अपमान हुनु पर्ने, आर्थिक हानी हुने, कारावासमा पनि पर्न सक्ने हुन्छ ।
-नाकबाट रगत बगेको देखेमा – बिरामी पर्ने संकेत ।
-कामबाट वा कार्यालयबाट निकालेको देखेमा – आफ्नो मृत्यु हुने वा सम्पत्ति नष्ट हुने ।
-प्याज खाइरहेको देखेमा – लुकेर रहेको सम्पत्ति प्राप्त हुने ।
– फूल,फल जल स्वप्नका अन्तमा देखिएमा – सर्वसिद्धि प्राप्त हुने वा सय वर्षसम्म जिवित हुन्छ ।
– महलमा बसेर भोजन गरेमा वा समुन्द्र तरेमा र दाश कुलमा जन्म लिएमा – राजा होला ।
-स्वप्नका अन्तमा गंगा, यमुना, सरस्वती नदी देखेमा – सुख प्राप्ति हुने ।
– अन्धकारमा हिँडिरहेको देखेमा – विभिन्न परिस्थितीहरु बिग्रँदै जाने र विभिन्न कठिनाइहरु उत्पन्न हुने हुन्छ ।
-सुर्य चन्द्रमाको मण्डल देखेमा – ब्याधि नाश भई लक्ष्मी र यश प्राप्त हुने ।






