एजेन्सी । एक महिलाले कोरोना भाइरसका कारण आफ्नो जीवन बचेको बताएकी छिन् । बेलायतकि कोरोना संक्रमित जेमा फलोनलाई लागेको थियो कि उनी कोभिडसँग जुधिरहेकी छिन् । यसकारण उनी चिकित्सिक कहाँ गइन् ।
चेकअप गराएपछि थाहा भयो कि उनलाई थाइराइड भएको रहेछ । कोरोना संक्रमण नभएको भए आफू डाक्टरकहाँ नजाने र आफूलाई रोगबारे पनि थाहा नहुने जेमा बताउँछिन् ।
तीन सन्तानकि आमा जेमा ४१ वर्षकी भइन् । पछिल्लो वर्ष कोरोना संक्रमण भएको एक महिनासम्म पनि घाँटीमा अप्ठेरो महसुस भएको थियो । ढाडमा पनि दुखाइ महसुस भएको थियो । यसैकारण उनी चिकित्सकको सल्लाह लिन अस्पताल गएकी थिइन् ।
डेली मेलको रिपोर्ट अनुसार जेमाले भनेकी छिन्, ‘यस्तो भन्नु अजिब छ तर कोरोनाले मेरो जिन्दगी बचायो । मलाई आफु निकै भाग्यमानी रहेको महसुस भएको छ ।’
क्यान्सरयुक्त ट्यूमर हटाउनका लागि उनले अहिलेसम्म तीन पटक शल्यक्रिया गरिसकेकी छिन् ।






