एजेन्सी । सामाजिक सञ्जालमा हालेका कतिपय राेचक, अनाैठा खालका भिडियाे, पाेस्टहरू भाइरल हुने गर्छ । धेरैजसाे रमाइलाेका लागि यस्ता भिडियाेहरू पाेस्ट गरिन्छ । यसैबीचको एक यस्तो भिडियो भाइरल बनेको छ जहाँ एक महिलाको खुट्टा चर्चामा आएको छ ।
एक महिलाले १६ घण्टा पानीमा आफ्नो खुट्टा डुबाएपछि उनकाे स्वास्थ्यमा समस्या देखिएको छ । करीब १६ घण्टासम्म पानी बिताएकी एक महिलाले एक प्रकारको गम्भीर समस्याको सामना गर्नुपरेकाे हाे । बेलायतकी डेना नामक महिलाले टिकटकमा अपलोड गरेको भिडियोमा करीब १६ घण्टा पानी बिताउँदा खुट्टा चाउरी पर्यो । यो यति खतरनाक भयो कि यसले खुट्टाको रंग पनि खैरो (धमिलो) बनाइदियो ।
उनको यो भिडियोमा धेरै टिकटकर्सले आआफ्नै तर्क र सुझाव दिएका छन् । कसैले हीट प्याक लगाउन सुझाव दिएका छन् भने कसैले घाममा सेक्न सुझाव दिएका छन् । ति मध्ये धेरैले चिकित्सकसँग सुझाव लिन सुझाएका छन् ।






