काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा स्कुटर बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–७ का ३८ वर्षीय पशुपति डंगोलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त बालाजुले जनाएको छ । सोमबार बिहान करिब पौने ३ बजे चिमल सडकखण्डमा बा ९८ प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँएको थियो ।




