काठमाडौं । गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्ष ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल २ हजार ३ सय ५१ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२० देखि २९ वर्षका ५४८, ४० देखि ४९ वर्षका ३५६, ५० देखि ५९ वर्षका २६७, १० देखि १९ वर्षका २२४, ६० देखि ६९ वर्षका १२७ जना संक्रमित छन् । यस्तै, ७० देखि ७९ वर्षका ५२, नौ वर्ष मुनिका ५२, ८० देखि ८९ वर्षका १७, ९० देखि एक सय वर्षका १ र अज्ञात १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितको संख्या १ हजार ५१ छ । गत २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको ज्यान गएको छ ।






