बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलो बुबालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ठूलो बुबाले ती युवतीलाई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राख्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






