काठमाडौं । यात्रुबाहक बसको ब्रेक फेल भई टिपरसँग ठोक्किँदा बसमा सवार १७ जना यात्रु घाइते भएका छन् । लमही–घोराही सडक खण्डको लमही नगरपालिका–६ बेलदमारमा बसको ब्रेक फेल भएपछि टिपरसँग ठोक्किँएको हो ।
घोराहीतर्फ आउँदै गरेको बालुवा बोकेको रा १ ख २०१७ नम्बरको टिपरसँग लमहीतर्फ जाँदै गरेको ग १ ख ९९७८ नम्बरको बस ब्रेक फेल भई दिउँसो साढे ३ बजेतिर ठोक्किँएको थियो । २६ जना यात्रु सवार बसमा १७ जना सामान्य घाइते भएका हुन् ।




