नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन् । मोटरसाइकलमा ३ जना सवार थिए ।
गएराति १२ बजे राप्तीसोनारी गाउँपालिका ४ हुलाकी राजमार्ग अन्तर्गत सूर्यलालपुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३० वर्षीय राम थारुको मृत्यु भएको हो ।
गाउँपालिकाको धामपुर तर्फबाट सुर्यलालपुर जाँदै गरेको ३ जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका रामको उपचारका क्रममा निधन भएको हो ।
रामको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो भने घाइते हेमकुमार थारु र प्रकाश थारुको उपचार भइरहेको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।




