दाङ । जंगलबाट ल्याएको च्याउ खाँदा दाङमा दुई जनाको मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खाएर बंगलाचुली गाउँपालिका ४ की २७ वर्षीया ईश्वरी सुनार र उनकी छोरी ११ वर्षीया अस्मिता सुनारको मृत्यु भएको हो ।
जंगलबाट ल्याएको च्याउ खादा आमाछोरी बिरामी भएका थिए । उनीहरूलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको हो । उपचारका क्रममा आमाको शुक्रबार र छोरीको बिहिबार मृत्यु भएको हो ।
त्यस्तै, च्याउ खाएर अजय सुनार बिरामी भएका छन् । अजय ईश्वरीका श्रीमान हुन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
उनको अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ । उनीहरूले साउन ३१ गते जंगलबाट च्याउ ल्याएका थिए । च्याउको तरकारी खाएपछि तीनै जना बिरामी परेका थिए ।




