सर्लाही । सर्लाहीका स्थानिय निकायका जनप्रतिनिधिहरुले आफु खुसी निर्माण उपभोक्ता समिति बनाउने गरेका छन् । गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा वडा अध्यक्षहरुले आफु खुसी निर्माण उपभोक्ता समिति बनाउँदा विकास निर्माणको काम गुणस्तरहिन हुने गरेको भन्दै चिन्ता बढ्न थालेको छ ।
हरिपुर नगरपालिका ८ का वडा अध्यक्ष हरी बहादुर थापाले आफु खुसी निर्माण उपभोक्ता समिति बनाउनु भएको हो । वडा सदस्यकै परिवारमा निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाइदा वडा नम्बर ८ को इन्द्रपुर प्रावि देखि उत्तर पक्की बाटोसम्म जोड्ने भनि बनेको योजनाको बाटो निर्माणको काम अपुरो हुने भएको छ ।
इट्टा ओछ्याएर त्यसमाथि गरिने ढलान, दुवै छेउमा काट्नु पर्ने ढल निकास, इट्टा ओछ्याउनु पहिला पेलिनु पर्ने वेश लगायतको काम नभएको भन्दै स्थानियले विरोध जनाएका छन् । एकातर्फ पक्की बाटो हुनु,अर्को तर्फबाट बाटो निर्माणको काम सुरु हुनु, इट्टा ओछ्याउनु पुर्व ओछ्याइएको माटो तथा बालुवा नपेलिनु, वडा सदस्यको घर तेही बाटोमा पर्नु र त्यहि सम्म मात्र बाटो निर्माण हुनुले वडा अध्यक्ष थापा र निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम नेपाली बिच मिलेमतो रहेको भन्दै स्थानियले आक्रोस व्यक्ता गरेका छन् ।
यता, वडाअध्यक्ष थापाले यस वर्ष बाटो निर्माण पुरा नगरेर अर्को वर्ष पुरा गर्ने बताउनु भएको छ । उहाँलाई पक्की भएकै क्षेत्रतिरबाट किन निर्माण नगरि अर्को तर्फबाट निर्माण गर्नु भएको भन्ने प्रसंगमा उहाँ निर्माण उपभोक्ता समिति जान्ने भन्दै पन्छीनु भयो । बाटो पुरा निर्माण नहुने हुँदा वर्षामा भेलले बगाउला नि भन्ने प्रसंगमा आफुले ग्यारेन्टी गर्ने र नबगाउने उहाँले बताउनुभयो ।
वडाको रु १० लाखमा १५ फिट चौडाई र १६७ फिट लम्बाई भएको बाटो निर्माण गर्न पदम नेपालीलाई वडा अध्यक्षले निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाउनु भएको हो । उहाँकी श्रमिती कल्पना नेपाली वडा सदस्य पनि हुन् । पदम पटक पटक वडाको विकास निर्माणको काममा निर्माण उपभोक्ता समितिमा बसको छन् ।






