दाङ । दाङमा तरकारी बोकेको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक महिला घाइते भएकी छिन् । जिल्लाको राजपुर गाउँपालिका २ समयथानमा लु ३ च ३८५३ नम्बरको मंगलबार तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक राजपुर गाउँपालिका २ बेलाका २४ वर्षीय श्रवण कुमार यादवलाई लमही अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही मोटरसाइकलको पछाडि सवार २६ वर्षीया सविना यादव घाइते छिन् । उनको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटना बारे थप अनुसन्धान थालेको छ ।




