काठमाडौं । काठमाडौं उपत्यकामा २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सञ्चालनमा आएको छ । विभिन्न सामाजिक अभियान्ताहरूको पहलमा कोभिड-१९ संक्रमितलाई बोक्ने गरी एम्बुलेन्स सञ्चालनमा आएको हो ।
यसका लागि ॐ डेन्टल अस्पताल, पूर्वआईजीपी सर्वेन्द्र खनाल, हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही, पाइलट विजय लामा, अभिनेता निखिल उप्रेती लगायतले सहयोग गरेका छन् ।
अस्पताल जानका लागि एम्बुलेन्स खर्च नभएका र निजी सवारी नभएकाहरूको हकमा निम्न नम्बरमा सम्पर्क गर्न सकिन्छ । एम्बुलेन्सका लागि ९८५१२७७३४२, ९८५१२३९४२ र ९८५१३१२४१७ मा सम्पर्क गर्न सकिनेछ ।






