धरान । धरान उपमहानगरपालिका १३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएका तीन वटा बस दुर्घटनामा परेका छन् । नवलपुरबाट विधार्थी बोकेको बस सु प प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अन्य २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा विद्यार्थी बोकेर आएको बस दुर्घटनामा परेका हुन् । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दीको ग २ ख १५८३ नम्बरको बसलाई ठक्कर दिएपछि म्याग्दीको बस पल्टिएको थियो ।
स्याङ्जाको विधार्थी बोकेको ग २ ख १५१३ नम्बरको बसमा ठोक्किँएपछि सामान्य क्षति भएको छ । दुर्घटनामा परी १६ जना विद्यार्थी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।




