धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका ४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप शुक्रबार साँझ दुर्घटना भएको थियो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका ३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका ४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुनमगर रहेका छन् ।
उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ । जिप ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक मोहन्याल गाउँपालिका ४ बस्ने २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






