काठमाडौं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ बाट नवलपुर प्रहरीले तास खेलिरहेको अवस्थामा १ लाख बढी नगद सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ नेपाली रुपैयाँ र ५ सय ७० रुपैयाँ भारतीय रुपैयाँ सहित १० जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रौतहट घर भई हाल कावासोती २ डेरा गरी बस्ने ४५ वर्षका सोनालाल जैसवाल, बाराको गढीमाई ४ निवासी ३५ वर्षीय अजय जैसवाल, रौतहटको ३४ वर्षीय श्याम जैसवाल रहेका छन् ।
त्यस्तै रौतहटको मोतिहारी निवासी ४३ वर्षीय भाग्य नारायण वैठा, २८ वर्षीय सुनिल जैसवाल, रौतहटकै राजपुरका ३७ वर्षीय विश्वनाथ जैसवाल, बाराको निजगढ ४ निवासी ३१ वर्षीय सुरेन्द्र जैसवाल रहेका छन् ।
त्यस्तै अन्य पक्राउ पर्नेहरुमा बाराको निजगढ ४ निवासी ४६ वर्षीय विनयप्रसाद जैसवाल र रौतहटको विजयनगर निवासी ३० वर्षीय नरेश वैठा रहेका छन् । उनीहरुलाई जुवा ऐन अन्तरगत कारवाही अगाडि बढाइएको नवलपुर प्रहरीले जनाएको छ ।






