एजेन्सी । यो संसार बिचित्रको छ, यहाँ दैनिक रुपमा अचम्म अचम्मको घट्नाहरु घट्ने गर्दछ । त्यस्तै एक घटना भारतमा घटेको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार ४ जना पुरुषहरूले एक कुकुरलाई सामुहिक बलात्कार गरेका छन् ।
कुकुरलाई सामुहिक बलात्कार गरेपछि कुकुर गम्भीर घाइते भएको छ । उक्त कुकुरलाई चार खुट्टा एकै ठाउँमा बाँधेको र रगताम्मे अवस्थामा फेला पारिएको हो ।
रगताम्मे अवस्थामा फेला पारेको कुकुरलाई उपचारका लागि मुम्बई स्थित भारतको पशु चिकित्सा क्लिनिकमा लगिएको एक गैर सरकारी संस्थाले जनाएको छ ।
पशु चिकित्सकका अनुसार धेरै पिडामा रहेको कुकुरलाई कसैले छुँदा मात्रै पनि डराउने र भाग्न खोज्ने गरेको साथै कुकुरको शरीरबाट रगत नरोकिएकोले रोकिने इन्जेक्सन दिइएको बताएका छन् ।
उक्त कुकुरलाई चार व्यक्तिहरुले आक्रमण गरिरहेको एक स्थानीय ड्राइभरले देखेका थिए । ड्राइभरले उक्त पिडामा रहेको कुकुरको उद्धार गरेका थिए । उक्त कुकुरलाई दैनिक खाना दिइरहेकी सुधा फर्नाण्डेसले प्रहरीमा उजुरी दर्ता गर्ने निर्णय गरेकी छिन् । घटना केहि समय अघिको हो ।






