काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधि, ठेकदारबाटै कर्मचारीहरु कुटिएका घटना त सुनिने गरेका छन् तर मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै कर्मचारी कुटिएको घटना विरलै हुन्छन् । त्यो पनि पुरुष कर्मचारीबाट महिला कर्मचारी ।
उपसचिव तहका पुरुष कर्मचारीले महिला अधिकृतमाथि हातपात गरेको विषय अहिले उपसभामुख हुँदै सभामुखसम्म पुगेको छ । प्रंसग हो, संघीय संसद सचिवालयको ।
सचिवलायका उपसचिवले महिला अधिकृतको गालामा चड्कन हानेको विषय उपसभामुख इन्दिरा राना मगर हुँदै सभामुख देवराज घिमिरेसम्म पुगेको हो ।
संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले महिला कर्मचारीलाई हातपात गरेका हुन् । उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै महिला अधिकृतलाई झापड हानेका हुन् ।
संसद सचिवलायका कर्मचारीहरुका अनुसार उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो छुटाइदिएको भन्दै महिला अधिकृतको गालामा चट्कन लगाएका हुन् । यो प्रकरण सभामुख देवराज घिमिरेसमक्ष पुगेको छ । सभामुख घिमिरेले दुवै कर्मचारीलाई बोलाएर छलफल गरेका छन् ।




